Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

साफ यू-१९ महिला च्याम्पियनसिप : आज भारतविरुद्ध नेपाललाई बराबरी पर्याप्त


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष ४ २०७८
  • 6.3K
    SHARES

काठमाडौं । बंगलादेशमा भइरहेको साफ यू–१९ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो अन्तिम लिग खेलमा आज भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा यस खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ ।

पाँच टिम सहभागी च्याम्पियनसिपमा शीर्ष दुईमा रहेर फाइनल पुग्न नेपाललाई भारतविरुद्ध बराबरी नै पर्याप्त छ । भारत भने नेपाललाई हराएर फाइनल पुग्ने लक्ष्यमा छ ।

नेपाल ३ खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा छ । समान अंक भए पनि गोलअन्तरमा पछि रहेको बंगलादेश दोस्रो स्थानमा छ । भारत भने दुई जित र १ हारबाट ६ अंकसहित तेस्रो स्थानमा छ । भारत पछिल्लो खेलमा बंगलादेशसँग पराजित भएको थियो ।

नेपालले पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै च्याम्पियनसिप सुरुवात गरेको थियो । त्यसपछि नेपालले दोस्रो खेलमा श्रीलंकालाई ६–० ले र तेस्रो खेलमा नेपालले भुटानलाई ४–० गोल पराजित गर्दै फाइनल दाबेदार पेस गरेको थियो ।

भारतले पहिलो खेलमा श्रीलंका र दोस्रो खेलमा भुटानलाई हराएको थियो । तेस्रो खेलमा भारत बंगलादेशसँग पराजित भएको थियो ।

आजै बंगलादेशले श्रीलंकासँग अन्तिम खेल खेल्दैछ । यदि नेपालले भारतलाई पराजित गरेमा बंगलादेश जस्तो नतिजा आए पनि फाइनल पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४