नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जारी खुला केन्द्रीय सदस्यको मतगणनामा डा. शशांक कोइराला करिब ८३ प्रतिशत मतसहित अग्रस्थानमा छन्। शनिबार पार्टी कार्यालय सानेपामा खुलातर्फका ३५ जना चयनका लागि मतगणना जारी रहेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार १५८९ मतगणना हुँदा कोइरालाले १३१३ मत पाएका छन्। निवर्तमान महामन्त्री उनी शेखर कोइराला र शेरबहादुर देउवा दुबै प्यानलमा परेका थिए।
काँग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १०:३० बजेदेखि खुला केन्द्रीय सदस्यमा मतगणना भइरहेको छ । काँग्रेसमा ३५ जना खुलातर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुनेमा ९९ जना उम्मेदवार रहेका छन् । खुल्ला केन्द्रीय सदस्यमा १५८९ मत गन्दा शशांक कोइरालाले १३१३ मत प्राप्त गरेका छन् ।
उनी शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंहको गरि तीनवटै प्यानलमा थिए । १०२२ सहित एनपी साउदले दोस्रो मत प्राप्त गरेका छन् भने बालकृष्ण खाण ९७५ मतसहित तेश्रो स्थानमा रहेका छन् । त्यस्तै रमेश लेखक ९६९ मतसहित चौथो स्थानमा रहेका छन् । ३५ खुला केन्द्रीय सदस्यका लागि ९९ जना उम्मेदवार रहेका छन्। ९९ उम्मेदवार कसले कति मत पाए? (सूचीसहित)


