Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“पहुँचवालाले धमाधम बुस्टर डोज लगाउँदै”सर्बसाधारणले कहिले पाउने हुन् पहिलो डोज खोप” ! “के हेर्दैछ सरकारी निकाए “


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष ३ २०७८
  • 4.5K
    SHARES

नेपालमा आधा जनसङ्ख्याले पनि कोरोनाविरुद्धको खोप लगाएका छैनन् । यद्यपि पछिल्लो समय दुवै मात्रा खोप लगाएका पहुँचवाला अर्थात् टाठाबाठाले बुस्टर जोड धमाधम लगाएको पाइएको छ । पछिल्लो समय बुस्टर डोजको बारे चर्चा भइरहँदा पहुँच हुनेहरूले धमाधम खोप बुस्टर डोज लगाइरहेका छन् । तर, कोरोनाविरुद्धको खोप अभियान चलिरहँदा सरकारले बुस्टर जोड दिने निर्णय भने गरिसकेको छैन ।  

सरकारी अस्पतालका एक अधिकारीले भने अस्पतालका अधिकांश स्वास्थ्यकर्मीले बुस्टर मात्रा लगाएका छन् । ती अधिकारीले भने, ‘गत्त माघमा सबै फ्रन्टलाइनरलाई खोप दिँदा मैले पनि लगाएको हो । पछिल्लो समय जाँच गर्दा एन्टीबडी शरीरमा कम भएको पाए । अस्पतालमा कोभिडका बिरामीको उपचार संलग्न हुनुपर्छ त्यसैले थप मात्रा लगाए ।

यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका एक उच्च अधिकारीले पनि ठुला अस्पतालका स्वास्थ्यकर्मीले समेत विभिन्न बहाना बनाएर बुस्टर डोज लगाएको पाइएको बताए । ‘कसैले दोस्रो मात्रा खोप नलगाएको भन्दै बुस्टर डोज लगाएका छन् । ‘पहुँचवालाले मात्रै बुस्टर डोज नलगाएर दुवै मात्रा कोरोनाविरुद्धको खोप लगाएका सर्वसाधारणले समेत खोप केन्द्रका अधिकारीलाई छल्दै पुनः अर्को मात्रा लगाएको भन्दै यस विषयमा गम्भीर हुनुपर्छ ।

अध्ययनहरूले बुस्टर डोजको आवश्यकता रहेको बताए पनि  स्वास्थ्य मन्त्रालयको अनुमति बिना बुस्टर डोज लगाइनु र लगाउने कार्यलाई सरकारले रोक्नु पर्ने इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी बताउँछन्।

पहुँचका आधारमा एक थरीले खोप बुस्टर डोज लगाउने, अर्का थरी सर्वसाधारण जनचेतना कमीका कारण खोप केन्द्रमा जान नखोज्ने यी दुवै प्रवृत्तिलाई सरकारले तत्काल अन्त्य गर्न लाग्न पर्छ,’ उनले भने, ‘मैले र मेरो परिवारले बुस्टर डोज लगाएर मात्रै हामी पूर्ण रूपमा सुरक्षित हुन्छौँ भन्ने सोच्न भएनन् हामी सबैले कोरोनाविरुद्धको खोप लगाए मात्रै सुरक्षित हुन्छौ भन्ने जान्न जरुरी छ ।’ सरकारले बुस्टर डोज दिने बारे नीतिगत रूपमा निर्णय गरेर तत्काल अगाडि बढ्नुपर्ने  डा. मरासिनीको बताउँछन् । सरकारले बुस्टर डोज बारे जसरी प्रचारप्रसार गरे झैँ धमाधम आइरहेकाले खोपलाई व्यवस्थित तरिकाले पहिलो, दोस्रो, अतिरिक्त र बुस्टर डोज दिइनुपर्ने उनले बताए ।यस्तै, जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख शम्भु काफ्लेले कोरोनाविरुद्धको खोप लगाउन आउनेलाई सोधपुछ गरेर मात्रै खोप दिने गरेको सुनाए ।  ‘१८ वर्ष पुगेर भर्खरै खोप लगाउन आएका छन् भने सोधपुछ नगरीकन खोप दिन्छौ, उनले भने, ‘खोपको प्राथमिकतामा परिसकेका पहिलो मात्रा खोप लगाएका छैन भन्छन् भने सोधपुछ गरेर दिन्छौँ ।

 काठमाडौँमा कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाएका छन्, अर्को ठाउँमा गएर खोप नै लगाएको छैन भनेर खोप लगाएको खण्डमा पनि थाहा नहुने उनले बताए ।

‘एउटै खोप केन्द्रमा पुगेर दुवै मात्रा खोप लगाएको व्यक्तिले अर्को केन्द्रमा गएर खोप नै लगाएको छैन भनेर सही नाम, ठेगाना दिए पनि थाहा पाउन सकिँदैन,’ उनले भने, ‘झुट बोलेर बुस्टर डोज लगाए पनि तत्कालै हामीले झुट पत्ता लगाउन सक्दैनौ, पहिलो मात्रा काठमाडौँ लगाए पनि दोस्रो मात्रा अन्य ठाउँमा पुगेर खोप लगाए नलगाएको थाहा नभए जस्तै बुस्टर खोप लगाएको खण्डमा थाहा नहुन पनि सक्छ तर त्यसरी छलेर खोप लगाएको जस्ता लाग्दैनन् ।

बुस्टर मात्राका नाममा पूर्ण मात्रा खोप लगाएका व्यक्तिले जुन पायो त्यही खोप लगाउन नहुने चिकित्सकहरू बताउँछन् । सरकारले बुस्टर डोज किन, कहिले, कुन खोप लगाउने बारे डा.मरासिनी बताउँछन् । पहुँचका आधारमा वा छलेर बुस्टर डोज लगाउने नाममा जुन पायो त्यही खोप लगाउँदा स्वास्थ्यमा पर्ने असरबारे जानकारी दिन जरुरी मरासिनी ठान्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार पहिला अर्थात् पहिलो र दोस्रो मात्रा जुन खोप लगाइएको हो त्यही खोप नै बुस्टर लगाउनुपर्ने हुन्छ । यद्यपि बुस्टर डोजको नाममा जुन पायो खोप लगाउन नहुने चिकित्सकहरू बताउँछन् । 

यता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुस्टर खोप बारे छलफल भए पनि कहिले दिने बारे निर्णय नगरेको जनाएको छ । मन्त्रालयले हालसम्म कसैले पनि बुस्टर खोप लगाएको थाहा नपाएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सङ्गीता मिश्रा बताउँछिन् । राष्ट्रिय सल्लाहकार खोप समितिमा कुन उमेर समूहलाई बुस्टर खोप दिने, कुन कुन खोप दिने भनेर छलफल हुँदैछ । खोप सल्लाहकार समितिको सल्लाह अनुसार बुस्टर डोज बारे अगाडि बढ्ने उनले बताइन् ।  

यद्यपि विश्व स्वास्थ्य संगठनले  कुल जनसङ्ख्याको ५० प्रतिशतले खोप नलगाएसम्म बुस्टर डोज लगाइन नपाइने जनाएको छ । यद्यपि नेपालको कुल जनसङ्ख्या ३ करोड ३ लाख ७८ हजार ५५ जना मध्ये हालसम्म ३९.२ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाएका छन् । यस्तै ३१.४ प्रतिशतले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै, कोरोनाविरुद्धको खोप लगाउने लक्षित जनसङ्ख्या अर्थात् १८ वर्षभन्दा माथिका करोड ९९ लाख २२ हजार १६४  रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमा कम्तीमा एक मात्रा ५९.८ प्रतिशतले कम्तीमा एक लगाएका छन् भने ४७.८ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । अब नेपालमा खोप लगाउने लक्षित ५० प्रतिशत करिब पुग्न २ प्रतिशत मात्रै बाँकी रहेकाले चाँडै दुवै मात्रा खोप लगाएकाले बुस्टर डोज पाउने अवस्था सृजना भएको खोप विज्ञ सल्लाहकार बताउँछन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४