Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस महामन्त्री पदको मतगणना सुरु गर्ने तयारी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १ २०७८
  • 5.4K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना आज सुरु गरिंदै छ । निर्वाचन समितिका एक सदस्यले बिहानदेखि महामन्त्रीको मतगणना सुरु गर्ने तयारी भइरहेको छ ।

सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट डा. मिनेन्द्र रिजाल र गगन कुमार थापा तथा प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि प्यानलबाट राजाराम कार्की महामन्त्रीका उम्मेदवार छन् । निर्वाचनबाट दुई जना महामन्त्री चुनिने छन् ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनबाट सभापति र उपसभापति पदको परिणाम घोषणा भइसकेकाले महामन्त्री पदको मतगणना सुरु गर्ने तयारी भइरहेको नेपाली कांग्रेसको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताए । ‘महामन्त्रीका उम्मेदवारहरुका प्रतिनिधिहरु सबै आएपछि उहाँहरुको सहमति लिएर गणना सुरु गर्छौं,’ श्रेष्ठले भने ।

कांग्रेसको इतिहासमा पहिलोपटक भएको उपसभापति पदको निर्वाचनबाट पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । सभापतिमा भने शेरबहादुर देउवा बुधबारै निर्वाचित भएका थिए ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने विधानमा व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

कांग्रेसको विधानअनुसार ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपाङ्गता भएकाबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्य निर्वाचनबाट चुनिने छन् । यीबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४