Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस महाधिवेशनः सभापतिका एकसहित ६० जनाले लिए उम्मेदवारी फिर्ता


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर २६ २०७८
  • 2K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ६० जनाले उम्मेदवारी फिर्ता लिनु भएको छ ।

उम्मेदवारी मनोनयन फिर्ताको समय भित्रमा एक सभापति, एक जना सहमहामन्त्री र ५८ जना केन्द्रीय सदस्यको उम्मेदवारले मनोनयन फिर्ता लिनु भएको हो । शनिबार १३४ पदका लागि ५४८ जनाले उम्मेदवारी दर्ता गराउनु भएको थियो ।

पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज बिहान ११ बजेसम्म निर्धारण गरिएकोमा दुई घण्टा थप गरेर दिउँसो १ बजेसम्म कायम गरिएको थियो ।

केन्द्रीय सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिनु भएको हो । यस्तै, सहमहामन्त्री (थारु कोटा) तर्फका उम्मेदवार सुरेन्द्र चौधरीले पनि उम्मेदवारी फिर्ता लिनु भएको छ । अरु उम्मेदवारको नाम केही बेरमा सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन आजै गरिनेछ भने मतदान भोलि मंसिर २७ गते बिहान ८ बजेदेखि हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४