Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मीनबहादुर विश्वकर्माद्वारा उम्मेदवारी फिर्ता


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर २६ २०७८
  • 9K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएका मीनबहादुर विश्वकर्माले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिनु भएका विश्वकर्माले आइतबार विज्ञप्ति जारी गर्दै आफ्नो केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गर्ने मनसाय नरहेको भन्दै उक्त पदबाट आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको हो ।

’केन्द्रीय सदस्यमा मेरो पनि नाम दर्ता भएको देखिएकोमा उक्त पदमा उम्मेदवारी दिने मेरो कुनै मनसाय नरहेकोले उक्त उम्मेदवारी फिर्ता लिएको अनुरोध साथ जानकारी गराउँदै मेरो नाम उक्त सूचीबाट हटाइदिनुहुन यो लिखित निवेदन पेश गरेको छु,’ विज्ञप्तिमा भनिएको छ ।

देउवा समूहबाट सहमहामन्त्री पदमा आकांक्षी विश्वकर्माले देउवाको प्यानलमा नपरेपछि असन्तुष्टि जनाउदै आउनुभएको छ । तर देउवा प्यानलको केन्द्रीय सदस्यमा नाम परेपछि विश्वकर्माले दलित खुल्ला तर्फबाट आफ्नो नाम फिर्ता लिनुभएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४