Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शेरबहादुरजी प्रधानमन्त्री मात्र होइन सरकारको नेता हुनुस् : अध्यक्ष ओली


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर २४ २०७८
  • 2.4K
    SHARES

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवालाई सरकारको नेता हुन सुझाव दिनुभएको छ ।

शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुग्नुभएका अध्यक्ष ओलीले देउवालाई प्रधानमन्त्री मात्र नभएर सरकारको नेता बन्न सुझाव दिनुभएको हो ।

‘शेरबहादुरजीलाई मेरो एउटा सुझाव छ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘तपाईं प्रधानमन्त्री मात्र होइन सरकारको नेता हुनुस् ।’

केही दिन अघि माओवादी अध्यक्ष दाहालले कांग्रेसको सरकार भए पनि आफूले सरकारको नेतृत्व गरिरहेको बताउनुभएको थियो ।

अध्यक्ष ओलीले देशलाई सही दिशामा अघि बढाउने अभिभारा नेपाली कांग्रेस र नेकपा एमालेको काँधमा आएको बताउनुभयो । माधवकुमार नेपाल र पुष्पकमल दाहालप्रति संकेत गर्दै उहाँले साना दललाई नेपाली कांग्रेसले औंलो समाउन दिएन भने के होला भन्दै प्रश्नसमेत गर्नुभयो ।

अध्यक्ष ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनप्रति व्यङ्ग्य गर्दै भर्खर हिँड्न जानेको बाच्छोको संज्ञा दिनुभएको छ ।

‘भर्खर–भर्खर अध्यक्ष हुनुभाको छ क्यारे रापताप होला केही साथीहरुलाई,’ उहाँले भन्नुभयो, ‘भर्खरको बाच्छो हिड्न जान्दैन, बढी कु्दन खोज्छ, अलि समयमा ठिक आउला भन्ने मलाई लाग्छ ।’

लिङ्देनले गाउँमा जाँदा आजकल नेताहरुलाई चोर भन्ने गरेको बताउनुभएको थियो । उहाँले हरेक राजनीतिक नेतृत्व सुध्रिनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४