Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेप्से परिसूचक ५ अंकले घट्दा सेन्सेटिभ इन्डेक्स भने बढ्यो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर २३ २०७८
  • 2.6K
    SHARES

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक ५ अंकले घटेको छ । अघिल्लो सातादेखिन नै प्रायः लगातार घटिरहेको बजारमा बिहीबार भने धेरै कम्पनीहरुका शेयर मूल्य बढे ।

नेप्से परिसूचक ५ दशमलव ८४ अंकले घटेर २ हजार ४ सय ४९ दशमलव ९७ अंकमा झरेको छ । नेप्से परिसूचक घटेपनि ‘क’ वर्गमा सूचीकृत कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ सूचक भने ०.४३ अंकले बढेको छ ।

लगानीकर्ताहरुमा अन्योलता देखिँदा बुधबार जस्तै बिहीबार पनि कारोबारमा उत्साह देखिएन । दिनभर ४१ हजार ३८९ कारोबार हुँदा २३१ कम्पनीका ६२ लाख २३ हजार ७२१ कित्ता शेयरमात्रै किनबेच भयो । जसबाट कारोबार रकम २ अर्ब ६७ करोड ३३ लाख ८ हजार ७ सय ९२ रुपैयाँमा रोकिएको छ ।

बिहीबार होटल तथा पर्यटन समूहका रहेका कम्पनीहरुको शेयर मूल्य बढेको छ । जसले गर्दा यो समूहको उपसूचक १८ दशमलव ७७ अंकले बढेको छ । अन्य समूह ४ दशमलव १७ अंकले बढ्दा म्युचुअल फण्ड झिनो अंकले बढेर सकारात्मक देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४