Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निजी क्षेत्रलाई स्वदेशमै गाडी बनाउन अर्थमन्त्री शर्माको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर २३ २०७८
  • 10.2K
    SHARES

काठमाडौं । विषयगत ज्ञान, कार्यक्रमको प्रकृतिभन्दा पनि चर्चामा आउने लोभमा जथाभावी बोल्ने रोगबाट यो सरकारका मन्त्रीहरु पनि अछुतो रहन सकेका छैनन । दोब्बर राजश्व बढाउने देखि नेपालमै मोबाइल सेट बनाउने भाषण गर्दै आउनुभएका अर्थमन्त्री जनार्दन शर्माले बुधबार अर्को उट्पट्याङ थप्दै निजी क्षेत्रलाई स्वदेशमै गाडी बनाउन आग्रह गर्नुभयो ।

अटोमोबाईल्स एशोसिएशन अफ नेपाल (नाडा) को ४५ औं वार्षिक साधारणसभामा अर्थमन्त्री शर्माले सवारी साधन उत्पादन गर्न व्यवसायीलाई सल्लाह दिनुभयो । उहाँले विद्युतमा सहुलियत, जग्गा उपलब्ध गराउने, न्यूनतम उद्योग सञ्चालन हुने ग्यारेन्टी दिने प्रतिबद्धता समेत जनाउनु भयो ।

अर्थमन्त्री शर्माले अहिले विश्व प्रविधिमा धेरै अगाडि रहेकाले आयात प्रतिबन्ध लगाउन सक्ने अवस्था नरहेको भन्दै आयातलाई निरन्तरता दिदै अब स्वदेशमै सवारी साधन उत्पादनमा जोड दिन व्यवसायीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारलाई राजश्व तिर्न एशोसिएशन मध्ये नाडा पहिलो नम्बरमा आउने बताउनु भयो ।

दुई दिनसम्म चल्ने बार्षिक साधारणसभाले नाडाको नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४