Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हङकङका प्रजातन्त्र पक्षधर कार्यकर्ताहरु स्मृतिसभामा सहभागी भएकोमा दोषी ठहर


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर २३ २०७८
  • 1.7K
    SHARES

काठमाडौं । हङकङका प्रमुख प्रजातन्त्र पक्षधर कार्यकर्ताहरुमाथि तियानमेन चोक नरसंहार स्मृतिसभामा सहभागी भएकोमा दोषी ठहर गरिएको छ । दोषी ठहर गरिएकाहरुमा मिडिया उद्यमी एवं एपल दैनिकका संचालक जिमी लाइ, पूर्व पत्रकार गिनिथ हो र अधिकारकर्मी छोउ हाङ थुङ रहेका छन् । उनीहरु गत जून ४ मा आयोजित चिनियाँ अधिकारीहरुले अवैध भनेको तियानमेन चोक नरसंहार स्मृतिसभामा सहभागी भएका थिए ।

सरकारले प्रतिबन्ध लगाएको उक्त कार्यक्रममा यी तीन जनासहित हजारौं सहभागी भएका थिए । तर, सरकारले दर्जन बढी राजनीतिकर्मी, अधिकारकर्मी र उद्यमीहरुमाथि मुद्धा चलाएको हो । दोषी ठहर गरिएकाहरु पहिल्यैदेखि नै हिरासतमा रहेका छन् । उनीहरुमाथि अब कस्तो कारबाही हुन्छ भन्ने खुलेको छैन ।

सन् १९८९ को जून ४ मा बेइजिङको तियानमेन चोकमा प्रजातन्त्र समर्थकहरुको जुलुसमाथि सेनाको ट्यांकर गुडाउँदा सयौंको ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४