Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

साझा उम्मेदवार चयन गर्न पौडेल पक्षको छलफल शुरु


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर २२ २०७८
  • 3.6K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सभापति र पदाधिकारीको उम्मेदवार टुंगो लगाउन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको छलफल शुरु भएको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा सभापति र अरु पदका आकांक्षीहरु छलफलमा बसेका हुन् ।

मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुने कांग्रेसको महाधिवेशनका लागि संस्थापन र पौडेल पक्ष दुबैले अहिलेसम्म साझा उम्मेदवार चयन गर्न सकेका छैनन् ।

पौडेल पक्षबाट सभापतिका आकांक्षी डा. शशांक कोइरालाले दावी छाडे पनि रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शेखर कोइरालाले दावी छाडेका छैनन् । उपसभापति, महामन्त्री, सहमहामन्त्री पदमा पनि धेरै नेताहरु आकांक्षी छन् ।

यसअघि पौडेल पक्षले बुधबार दिउँसो आफ्नो पक्षका जिल्ला सभापति र प्रदेशस्तरका नेताहरुसँछ छलफल गरेको थियो । छलफलमा सहभागीले साझा उम्मेदवार छिटो चयन गर्न नेताहरुलाई दबाव दिएका थिए । जिल्ला र प्रदेशस्तरका नेताहरुसँगको छलफलपछि पौडेल समूह पुनः छलफलमा जुटेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४