Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यसरी चुनिन्छन् कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरू


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर २२ २०७८
  • 2.8K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिर २४ गतेबाट काठमाडौंमा सुरु हुँदैछ । २४ गते दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशनको उदघाटन र हलमा बन्द सत्र हुनेछ ।

२५ गते मनोनयन दर्ता, २६ गते उम्मेदवारको अन्तिम सूची प्रकाशन र २७ गते मतदान गर्ने कार्यतालिका बनाइएको छ । कांग्रेसले भृकुटीमण्डप, राष्ट्रियसभा गृह र महेन्द्र पुलिस क्लब गरी तीन ठाउँमा मतदानको व्यवस्था मिलाउने जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूले २९ वटा मतपत्रमार्फत् मतदान गरेर नयाँ कार्यसमिति चुन्ने छन् ।

देश संघीय संरचनामा गएपछि पहिलो पटक हुन लागेको कांग्रेसको १४औं महाधिवेशनबाट १४ पदाधिकारीसहित १६७ सदस्यीय केन्द्रीय समिति चयन हुनेछन् ।

महाधिवेशनबाट एकजना सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री (क्लस्टर) बाट चयन हुने छन् ।

कांग्रेसको संशोधित विधान अनुसार सहमहामन्त्रीहरू विभिन्न क्लस्टरबाट उम्मेद्वार बन्ने छन् र सबै केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूले निर्वाचित गराउने छन् ।

तर कोषाध्यक्षको भने प्रत्यक्ष निर्वाचन नहुने व्यवस्था गरिएको छ । महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय सदस्यमध्येबाट सभापतिले सिफारिस गरेको व्यक्तिलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गरेर कोषाध्यक्ष बनाउने व्यवस्था गरिएको छ ।

केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट प्रत्यक्ष (खुला)बाट ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् भने सभापतिको सिफारिसमा नवनिर्वाचित केन्द्रीय समितिबाट थप ३३ जना मनोनित हुनेछन् ।

केन्द्रीय समितिमा महिलाबाट ९ जना, प्रत्येक प्रदेशबाट एक महिलासहित तीन जनाको दरले २१ जना, दलितबाट चार महिलासहित ९ जना, आदिवासी जनजातिबाट सात महिलासहित १५ जना, खसआर्यबाट ६ महिलासहित १३ जना, मधेशीबाट चार महिलासहित ९ जना, थारुबाट दुई महिलासहित चार जना, मुस्लिमबाट एक महिलासहित तीन जना र पिछडिएको क्षेत्रबाट एक जना गरी ५४ जना केन्द्रीय सदस्य चुनिने छन् । यसमा अपाङ्गता वा अल्पसंख्यक समूहबाट उक केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

यता सभापतिले मनोनयन गर्ने ३३ जना केन्द्रीय सदस्य विधानअनुसार निर्वाचित भएर आउन नसकेका विभिन्न क्लस्टरहरू महिला, समावेशी सिद्धान्त र अपांगता वा अल्पसंख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्वलाई ध्यानमा राखी मनोनयन गर्नुपर्ने छ ।

निर्वाचित केन्द्रीय समितिमा क्लस्टर र आरक्षण गरिएको समूहबाट मात्र महिला निर्वाचित भए ४१ जना हुनेछन् । समावेशी र समानुपातिक सिद्धान्त अनुसार सभापतिले थप १४ जना महिलालाई केन्द्रीय सदस्यमा मनोनित गर्नुपर्ने हुन्छ अनि मात्र ३३ प्रतिशत महिला केन्द्रीय सदस्यमा पुग्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४