Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एथ्लेटिकाे मड्रिड नकआउट चरणमा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर २२ २०७८
  • 2.5K
    SHARES

एजेन्सी । एफ.सी पोर्टोलाई हराउँदै एथ्लेटिको मड्रिड युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नक आउट चरणमा प्रवेश गरेको छ । गएराती भएको समुह बि को खेलमा स्पेनको एथ्लेटिको मड्रिडले पोर्चुगलको एफ.सी पोर्टोलाई ३–१ ले पराजित ग¥यो ।

एथ्लेटिकोको जितमा एन्टोसनयो ग्रिजमन, एन्जल कोरिया र रोड्रिगो डे पउलले एक एक गोल गरे । पोर्टोका सर्जियो ओलिभिएराले एक सान्तोना गोल गरे । यो खेलमा पोर्टोका दुई खेलाडी तथा एथ्लेटिकोका एक खेलाडीले रातो कार्ड खाएका थिए । जितसँगै एथ्लेटिको राउण्ड अफ सिक्सटिनमा पुग्दा पोर्टो बाहिरिएको छ ।

च्याम्पियन्स लिगकै अन्य खेलहरुमा विजयी हुँदै लिभरपुल र आयाक्स एम्सटरडमले समुह चरणका सबै ६ खेल जित्ने किर्तीमान बनाएका छन् । यो सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको लिभरपुलले समुहको अन्तिम खेलमा इटालीको एसी मिलानलाई २–१ ले हरायो ।

यसैगरी नेदरल्याण्ड्सको आयाक्सले पोर्चुगलको स्पोर्टीङमाथि ४–२ को जित निकाल्यो । फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले बेल्जीयमको क्लब ब्रुजलाई ४–१ ले हराउँदा जर्मनीको आर.बी लेप्जीगले इंग्ल्याण्डको म्यान्चेस्टर सिटीलाई २–१ ले स्तब्ध पा¥यो । उता जर्मनीको बोरुसिया डर्टमण्डले टर्कीको बेसिक्तासलाई ५–१ ले हराउँदा स्पेनको रियाल मड्रिडले इटालीको इन्टरमिलानमाथि २–० को जित निकाल्यो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४