Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संकटासँग हारबाट जोगियो मनाङ


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर १८ २०७८
  • 2K
    SHARES

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा संकटा र मनाङ मर्स्याङ्दी क्लबले अंक बाँडेका छन् ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा मनाङ र संकटले २–२ को बराबरी खेलेका हुन् । खेलमा दुई पटक अग्रता बनाएको संकटाले अन्तिम समयमा गोल खाएको थियो ।

मनाङका लागि इन्जुरी टाइमको चौथो मिनेटमा फ्रांकलिन क्वेटे टालाले बराबरी गोल गरेका हुन् ।

खेलमा संकटाका लागि निरज बस्नेत र उत्तम राईले गोल गरे । खेलको ३१ औं मिनेटमा लक्ष्मण रुचालको फ्रिकिकमा निरजले हेडर गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । तर चार मिनेटपछि नै मनाङले बराबरी गोल फर्कायो । ३५ औं मिनेटमा पुजन उपरकोटीको फ्रिकिकमा ओलावाले आफिजले मिलाएको पासमा दयानन्दले गोल गरे ।

दोसो हाफमा संकटाले मनाङमाथि दोस्रो पटक अग्रता लियो । ७०औं मिनेटमा उत्तम राईले फोडे फोफानाको पासमा गोल गर्दै संकटालाई अग्रता दिलाए । तर ईन्जुरी टाईममा विदेशी खेलाडी टालाले गोल गर्दै मनाङको हार टारे ।

बराबरीपछि मनाङ ३ खेलबाट ७ अंक जोड्दै दोसो स्थानमा छ । संकटा समान खेलबाट ५ अंकसहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४