Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विदेशमा खेल्न जान पाउँदा खुशी छु : सीता रानामगर


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर १८ २०७८
  • 3.6K
    SHARES

काठमाडौं । नेपाली क्रिकेटर सीता रानामगरले विदेशमा गएर खेल्ने अवसर पाउँदा आफूलाई खुशी लागेको बताएकी छन् ।

हंक हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्भिटेसनल-२०२२ प्रतियोगितामा छनोट भएकोमा आफूलाई खुशी महसुस भएको भन्दै उनले अरु नयाँ खेलाडीलाई पनि हौसला मिल्ने प्रतिक्रिया दिइन् । रानामगरले आफूलाई सहयोग गरेकोमा क्विन्स इभेन्ट मेनेजमेन्टलाई धन्यवाद समेत दिइन् । उनले भनिन्, ‘उहाँहरुको सहयोग र मेरो प्रदर्शनले पनि यो अवसर आएको हो । ढिलै भएपनि देशको प्रतिनिधित्व गरेर विदेशमा खेल्न जान पाउँदा खुशी छु ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले हङकङमा हुने प्रतियोगितामा छनोट हुन सफल भएकोमा रानामगरलाई धन्यवाद दिँदै नेपालीहरुको मिहेनतले गर्दा यो सम्भव भएको बताए ।

राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काले नेपाली महिला क्रिकेटमा यो ऐतिहासिक दिन भएको भन्दै अरु खेलाडीलाई पनि खेलकुदमा लाग्न प्रेरित गर्ने बताए । नेपाली क्रिकेटमा लागेर पनि केही गर्न सकिन्छ भन्ने उर्जा मिलेको उनको भनाइ छ ।

सीता विदेशी लिगमा छनोट हुने पहिलो नेपाली महिला खेलाडी हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४