Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेश १ मा काँग्रेस अधिवेशन : अझै सुरु भएन मतदान


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर १८ २०७८
  • 2.9K
    SHARES

निर्वाचन समितिका अनुसार तोकिएको कार्यसूची भन्दा तीन घण्टा वितिसक्दा पनि नेपाली काङ्ग्रेस प्रदेश १ को मतदान अझै सुरु भएको छैन ।  सदस्यको उम्मेदवारी दिएका श्याम खड्की, शान्तिकला तामाङ राई, जीवन नेपालीको नाम मतदाता सूचीमा नभेटेपछि मतदान समय पछि सरेको हो ।

निर्वाचन समितिका अनुसार जीवन दलित कोटा, खड्की भूगोल खुला र शान्तिकला महिला खुलाबाट उम्मेदवार थिए । मतपत्रमा उम्मेदवारको नाम छुटेको र पुनः मतपत्र छाप्नुपर्ने भए अझै केही समय मतदान हुन सक्दैन ।  अधिवेशन स्थलमा उम्मेदवार प्रसार प्रसारमा नेता कार्यकर्ता र समर्थकहरु जुटेका कारण चुनावी सरगर्मी बढेको छ ।

यसबाहेक अधिवेशनस्थलमा पदाधिकारीका प्रचार सामग्री जताततै राखिएको छ । मतदान बिहान ८ बजेबाट सुरु गर्ने कार्यसूची थियो । नाम समावेश गर्ने सहमति भएको उम्मेदवार खड्कीले बताए । मतदान कार्यक्रमका लागि १४ जिल्लाका  प्रतिनिधिहरूलाई जिल्लागतरुपमा मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

काङ्ग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत १ नं प्रदेश सभापतिमा संस्थापन इतरका दुई जनाको उम्मेदवारी परेको छ । नयाँ नेतृत्वको लागि सुरु भएको अधिवेशनमा पौडेल–कोइराला समूहबाट गुरुराज घिमिरे र नेता कृष्ण सिटौला पक्षका उद्धव थापा प्रदेश सभापतिमा उम्मेदवारी दर्ता भएको हो । केन्द्रको राजनीतिबाट घिमिरे प्रदेशको नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएका छन् ।

काँग्रेस झापाका पूर्वसभापति थापा पनि नेतृत्व हत्याउने दाउमा छन् । उनलाई संस्थापन पक्ष पार्टी सभापति शेरबहादुर देउवाको पनि साथ छ । निर्वाचनमा एक हजार सातसय प्रदेश प्रतिनिधिहरुले मतदान गर्न पाउने बताइएको छ । 

काँग्रेसको प्रदेश समितिमा एक अध्यक्ष, दुई उपाध्यक्ष, दुई महामन्त्री, तीन सह–महामन्त्री (एक महिला) सहित, हरेक जिल्लाबाट महिला १४ र खुला १४ सदस्य, प्रत्येक निर्वाचन क्षेत्रबाट ६ महिला र १३ खुला सदस्य, खस आर्यबाट सात महिला र खुला पाँच, जनजातिमा महिला सात र खुला आठ, मधेशी महिला एक र खुला एक, दलित महिला एक र खुला दुई, थारुतर्फ महिला एक र खुला एक, मुस्लिममा खुला एक, अल्पसङ्ख्यक र अपाङ्गता भएका एक सदस्य पदमा निर्वाचित हुने बताइएको छ । 

जिल्ला अधिवेशनमा प्रदेश १ का १४ मध्ये मोरङ सुनसरी, संखुवासभा, तेह्रथुम, खोटाङ र भोजपुरमा संस्थापनइतर पक्ष विजयी भएको छ । सभापति शेरबहादुर देउवा पक्षले धनकुटा, सोलुखुम्बु, ताप्लेजुङ, इलाम, पाँचथर, ओखलढुङ्गा, उदयपुर जिल्ला जितेको छ । सिटौला पक्ष झापामा विजयी भएको छ । संस्थापनइतर पक्ष प्रतिनिधिको अनुपात ६० प्रतिशत र संस्थापन पक्षको ४० प्रतिशत रहेको नेताहरु बताउँछन् ।

१३ औं जिल्ला अधिवेशनमा देउवा पक्षले प्रदेश १ का तीन जिल्ला मात्रै जितेको थियो । तर १४ औ अधिवेशनमा सिटौलाको साथ पाएपछि संस्थापन पक्षले ८ वटा जिल्लामा आफ्नो नेतृत्व स्थापित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४