Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डेढ महिनापछि सुरु भयो सर्वोच्चमा मुद्दाको नियमित सुनुवाइ


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर १७ २०७८
  • 2K
    SHARES

काठमाडौं । गोला प्रणालीबाट पेशी तोक्न थालेपछि शुक्रबारदेखि सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ हुन थालेको छ । शुक्रबार न्यायाधीशहरुले मुद्दाको सुनुवाइ गरेका छन् भने कानुन व्यवसायीले पनि बहस गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै गत कात्तिक ८ गतेदेखि आन्दोलनमा उत्रिएका कानुन व्यवसायीले बहस गर्न छाडेका थिए । त्यस्तै सर्वोच्च अदालतका न्यायाधीशले पनि बन्दी प्रत्यक्षीकरणबाहेकको मुद्दामा सुनुवाइ गरेका थिएनन् ।

गोला प्रणालीबाट इजलास गठन भएको तेस्रो दिनमात्र मुद्दाको सुनुवाइ हुन सकेको हो ।

मंसिर १५ गतेदेखि गोला प्रणाली सुरु भए पनि कानुन व्यवसायीले प्रधानन्यायाधीशको जिम्मेवारीमा को रहेको भनी प्रश्न उठाएपछि १५ र १६ गते भने इजलास बस्न सकेको थिएन । तर कोरोना संक्रमित भई बलम्बुस्थित एपीएफ अस्पतालमा उपचाररत प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफू बिदामा नरहेको भनी न्यायाधीशहरुलाई जानकारी गराएपछि न्यायिक नेतृत्वको विषय टुंगिएको थियो ।

प्रधानन्यायाधीशको राजीनामा मागेर आन्दोलनमा रहेको नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबरा गोला प्रणालीमा सहभागी नभएकाले सेवाग्राहीको सजिलोका लागि मुद्दाको सुनुवाइमा सहयोग गरेको बताए ।

‘प्रधानन्यायाधीशले गोला लिनुहुन्न, उहाँको बेन्च छैन, प्रधानन्यायाधीशको कर्तुतका कारण सेवाग्राहीलाई वञ्चित गर्नुहुन्न’ उनले भने, ‘अब साविकसरह मुद्दाको सुनुवाइ हुन्छ । त्यसमा नेपाल बारको सहमति छ ।’

शुक्रबार सर्वोच्च अदालतमा गोला प्रणालीबाट १० वटा इजलास गठन भएको छ र सबै इजलासले मुद्दाको सुनुवाइ गरेका छन् । बार अध्यक्ष श्रेष्ठले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको प्रवेश निषेध कार्यक्रम भने जारी रहने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४