Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अत्यधिक मतले विजयी हुन्छु, राजेन्द्र लिङ्देनलाई पनि समेट्छु : कमल थापा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर १७ २०७८
  • 3.6K
    SHARES

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्‍यक्ष कमल थापाले आफू विजयी भएमा अध्यक्ष पदका अर्का प्रत्यासी राजेन्द्र लिङ्देनलाई पनि समेटेर अघि बढ्ने बताएका छन् ।

राप्रपाको महाधिवेशनमा शुक्रबार उम्मेदवारी दर्ता गराएपछि पत्रकारसँग कुरा गर्दै थापाले भने ‘हामी अत्यधिक मतले विजयी हासिल गर्छौं र राजेन्द्र लिङ्देन लगायत सबैलाई समेटेर अगाडि बढ्छौं ।’

राप्रपाको अध्यक्षमा थापासँगै राजेन्द्र लिङ्देनले पनि उम्मेदवारी दिएका छन् । राप्रपाको शीर्ष नेताको समर्थन पाउन सक्नुभएन नि भन्ने प्रश्नमा थापाले भने, ‘ यस विषयमा टीका टिप्पणी नगरौं, सबैको सद्भाव हामीलाई प्राप्त छ ।’

आफूले राप्रपाको एकतालाई सधैं अक्षुण रुपमा कायम राख्‍ने र देशको अग्रणी राष्ट्रवादी प्रजातान्त्रिक पार्टीको रुपमा स्थापित गर्ने पनि थापाले बताए ।

भविष्‍यमा राप्रपालाई कहिल्‍यै पनि फुट्‍न नदिने भन्‍दै उनले अब यसका लागि राप्रपाका अध्‍यक्षत्रय ( आफू, पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी) ले मन, वचन र कर्मले प्रतिवद्ध रहेको बताए ।

उनले भने, ‘अब फेरि राष्ट्रिय प्रजातन्त्र पार्टी कहिल्‍यै फुट्‍दैन, ढुक्क भए हुन्छ।’ थापाले ०६२-६३ को राजनीतिक परिवर्तनपछि पार्टीको मूल एजेण्डा हिन्दु राष्ट्र र राजसंस्थाको सम्बाहक आफू भएको बताउँदै मतदाताहरुले आफूलाई विश्‍वास गरेर मत दिने दावी गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४