Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

छोराको विवाहमा बाबुले गरे हेलिकोप्टर चार्टर्ड


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर १७ २०७८
  • 2.5K
    SHARES

काठमाडौं । जोगी साहले हेलिकोप्टर चार्टर्ड गरेर छोराको विवाह सम्पन्न गरेका छन्। हेलिकोप्टरका लागि साहले तीन लाख ८० हजार रुपैयाँ तिरेर चार्टर्ड गर्नु भएको थियो।

बाराको सिम्रौनगढ नगरपालिका निवासी साहले २१ वर्षीय छोरा बिर्जु साहको विवाहका लागि हेलिकोप्टर चार्टर्ड गरेका गर्नु भएको हो । बिर्जुको रौतहटको गरुडास्थित जोगिन्द्र साह तेलीकी छोरी सङ्गीता साह तेलीसँग बिहीवार विवाह सम्पन्न भएको छ ।

जोगी साह बारा जिल्ला अन्तर्गत सिम्रौनगढ नगरपालिका –१० देवापुर टेटा र आर्दशकोतवाल गाउँपालिकाका ख्याति प्राप्त खाद्यान्न ९गोला० व्यापारी हुनुहुन्छ ।

छोराले बिहेमा हेलिकोप्टर चढेर जाने इच्छाएकाले चार्टर्ड गरेको दुलाहाका बुबा जोगीले बताउनुभयो । एक पटक गरिने विवाहमा छोराले हेलिकोप्टर इच्छा राखेकाले इच्छा पुरा गरेको साहको भनाइ छ । भएको उहाँ भन्नुहुन्छ ुसम्पत्ति यस्तै बेलामा चाहिन्छ, र परेको बेलामा खर्च गर्न पनि पछि हट्न हुदैन । छोराको बिहेमा हेलिकोप्टर भाडामा ल्याउन पाएकामा आफूलाई खुशी लागेको उहाँले बताउनु ।

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि आफूलाई पनि बिहेमा हेलिकोप्टर चढ्ने इच्छा जागेको बेहुला बिर्जुले बताउनुभयो । बुबाले आफनो इच्छा पुरा गरेकोमा बिजुले खुशी हुदै बुबालाई धन्यवाद समेत दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४