Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उठ्ने हरिशरण नेपालीको घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर १७ २०७८
  • 3.1K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेसन जति जति नजिक आउदैछ । उम्मेदवारीको घोषण गर्नेको प्रतिस्पर्धा तीव्र भै रहेको छ । विधानतः धेरै जसो पद खुल्ला लड्ने छन भने कतिपय पदहरु संरक्षित छन ।

युवा नेता हरिशरण नेपालीले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नु भएको छ । उहाँले केन्द्रिय सदस्यमा दलित तर्फबाट आफ्नो उम्मेदवारी दिने निर्णय गर्नु भएको हो ।

नेपाली कांग्रेसको भातृ संस्था नेपाल दलित संघको केन्द्रीय कोषाध्यक्ष, ट्रेड यूनियन कांग्रेसका पूर्व केन्द्रीय सदस्य समेत हुनुहुन्छ । हरिशरण नेपाली २०७४मा नेपाली कांग्रेसका तर्फवाट राष्ट्रिय सभाका सदस्यको उम्मेदवार समेत हुनु भएको थियो ।

नेता नेपालीको योजना उहाँकै शब्दमा :
दलित, महिला, श्रमिक तथा आर्थिक रुपले पछाडि परेका दूर दरारमा वस्ने नागरिकको आवाज नीतिगत तहमा पुर्याउन, पर्टीको विधान एवं घोषणा पत्रहरुलाई व्यावहारत कार्यन्वयन गर्न, पार्टी भित्र आन्तरिक द्वन्द बड्नु भएन नि, अनि भष्ट्रचार बड्नु र सुशासन कायम नहुनु अनि राजनितिक पार्टीहरु प्रति जन आस्था कम भैरहनु मुलुकका लागि राम्रो होइन अनि पार्टीमा सवैको सम्मान जनक वातावरण नहुनु ,पर्टीमा अनि सरकारी निकायमा निर्वाचन भड्किलो खर्चिलो हुनु पनि त भएन ?

यस्ता थुप्रै सवाल एकातिर छ भने अझै पनि जातिय विभेद अत्यन्तै विकाराल छा यही गएको वर्ष भित्रै हामीले पत्याउनै नसकिने प्रेम विवाह गरेको नाममा निर्मम सामुहिक हत्या देखी लिएर वलात्कारका घटना सुनेका छौ देखेका छौ,र सामान्य मन्दिरमा पुजा आज गर्न भित्र छिरेकै कारण ज्यान गुमााउन पुगेका छौ । लैगिक विभेद पनि त्यतीकै छ । नेपाल भनेको ८.१० वटा शहर मात्र होइन दुर्गम स्थानमा अझै संविधानका कुरा पुगेको छैन जनताको कुरा उठाउने र आउने सरकार कांग्रेसको बनाउन र कमी कमजोरी सच्चाई जनताको प्रिय पार्टी कांग्रेस वनाउन एक इट्टा थप्न सक्छु भन्ने विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४