Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एकै विद्यालयका २५ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर १७ २०७८
  • 2.7K
    SHARES

बागलुङ । बागलुङमा एकै विद्यालयका २५ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टी भएको छ । समुदायस्तरमा पनि तीन जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय बाग्लुङले जनाएको छ ।

बाग्लुङ नगरपालिकाको बलेवास्थित एक विद्यालयका विद्यार्थीमा कोरोनाको लक्षण देखिएपछि ८२ जनाको परिक्षण गर्दा एकै पटक २५ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय बाग्लुङका जनस्वास्थ्य निरीक्षक देव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय बन्द गरिएको हो । कार्यालयका अनुसार विद्यालयमा थप विद्यार्थीको कोरोना परिक्षणपछि मात्रै विद्यालयको नाम खुलाइने छ ।

कोरोना संक्रमित बढेसंगै स्वास्थ्य सचेतना अपनाउन कार्यालयले अनुरोध गरेको छ । बाग्लुङमा बिहिबारसम्म जम्मा १३ जना संक्रिय संक्रमित रहेकोमा अहिले संक्रिय संक्रमितको संख्या ४१ पुगेको छ । धौलागिरी अस्पताल बाग्लुङको आइसोलेसनमा दुई संक्रमितको उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४