Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रोनाल्डोले पूरा गरे ८०० गोल, युनाइटेडले आर्सनललाई हरायो


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर १७ २०७८
  • 2.4K
    SHARES

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको ८०० सय गोल पूरा गर्दा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा आर्सनलाई ३-२ ले पराजित गरेको छ ।

घरेलु मैदान ओल्डट्राफोर्डमा रोनाल्डोले दुई गोल गरेपछि युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै जित हात पारेको हो ।

रोनाल्डोले ५२औं मिनेटमा गोल गर्दै युनाइटेडलाई २-१ को अग्रता दिलाउँदै ८ सयौँ गोल पूरा गरेका थिए ।

त्यसअघि खेलको १३औं मिनेटमा इमिल स्मिथले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । तर ४४ औं मिनेटमा ब्रुनो फर्नान्डेसले युनाइटेडका लागि बराबरी गोल फर्काए ।

रोनाल्डोले ५२औं मिनेटमा अग्रता दिलाएपनि ५४औं मिनेटमा आर्सनलका मार्टिन ओडेगार्डले गोल गरेपछि खेल २-२ को अवस्थामा पुग्यो ।

तर ७०औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेपछि युनाइटेड ३-२ ले विजयी भयो ।

आर्सनलका ओडेगार्डले युनाइटेडका फ्रेडलाई फाउल गरेपछि भिएआरको सहयोगमा युनाइटेडले पेनाल्टी पायो र त्यसमा रोनाल्डोले गोल गरे ।

जितपछि युनाइटेडले १४ खेलबाट २१ अंक जोडेर सातौं स्थानमा उक्लेको छ । आर्सनल १४ खेलबाट २३ अंकसहित पाँचौं स्थानमा छ ।

यस्तै लिगकै अर्को खेलमा टोटनहम हट्सपरले ब्रेन्टफोर्डलाई २-० ले पराजित गरेको छ ।

टोटनहमका लागि हेउन मिन सनले एक गोल गरे भने ब्रेन्टफोर्डका सर्जी कानोसले एक आत्मघाती गोल गरे । जितपछि टोटनहम १३ खेलबाट २२ अंक जोडेर छैटौं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४