Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सर्वोच्चमा दोस्रो दिन पनि गोला प्रणालीबाट तोकियो पेशी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर १६ २०७८
  • 2.2K
    SHARES

काठमाडौं । सर्वोच्च अदालतमा बिहीबार ढिला गरी पेशी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अनुपस्थितिमा अन्योलका बीच १० वटा इजलास गठन भएका छन् ।

गोला तान्दा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको एकल इजलास बनेको छ ।

यस्तै न्यायाधीशहरु मीरा खड्का र नहकुल सुवेदीको दुईवटा संयुक्त इजलास गठन भएको छ ।

न्यायाधीशत्रय हरिकृष्ण कार्कीको साथमा न्यायाधीशहरु अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको पूर्ण इजलास गठन भएको छ ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तानको संयुक्त इजलास बनेको छ ।

त्यसैगरी सुष्मालता माथेमा, कुमार रेग्मी र र डा. मनोजकुमार शर्माको  पूर्ण इजलास गठन भएको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र बम कुमार श्रेष्ठको संयुक्त इजलास गठन भएको छ । न्यायाधीश प्रकाशमानसिंह राउत र डा. कुमार चुडालको संयुक्त इजलास गठन भएको छ ।

सपना प्रधान मल्ल र तेजबहादुर केसीको संयुक्त इजलास गठन भएको छ । त्यस्तै अर्को इजलास न्यायाधीश तेजबहादुर केसी र डा. कुमार चुडालको पनि संयुक्त इजलास गठन भएको छ ।

बुधबार इजलास गठन भएको केही घण्टामा नै बारका पदाधिकारीहरुले प्रश्न उठाएपछि कुनैपनि इजलासले मुद्दाको सुनुवाइ हुन सकेको थिएन । बिहीबार पनि कानुन व्यवसायीहरुसँगको छलफलका कारण सर्वोच्च अदालतमा मध्यान्हसम्म पनि पेशी सूची तोकिएको थिएन।

गत सोमबार अपरान्हदेखि सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा भर्ना भएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले त्यसबारे सर्वोच्च अदालतमा जानकारी नगराउँदा इजलास गठन नै प्रभावित बनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४