Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बार पदाधिकारीहरुलाई प्रचण्डको आश्वासन : तपाईंहरुको गुनको पैंचो तिर्छौं


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर १५ २०७८
  • 2.6K
    SHARES

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यपालिकामा समस्या आउँदा कानुन व्यवसायीहरुले लगाएको गुन नबिर्सिएको बताएका छन् । अहिले न्यायापालिका समस्यामा रहेको भन्दै उनले राजनीतिक दलहरुले गुनको पैंचो तिर्ने बताए ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएसन र सर्वोच्च बारका पदाधिकारीहरुले बुधबार प्रचण्डलाई ज्ञापनपत्र बुझाएका थिए । त्यसक्रममा उनीहरुले न्यायालयमा समस्या देखिएको डेढ महिना हुँदा पनि दलहरुल कानमा तेल हालेर बसेको गुनासो गरेका थिए ।

जवाफमा प्रचण्डले भने, ‘कार्यपालिकामा हिजो समस्या भयो, हामीले न्याय क्षेत्रमा काम गर्ने बारदेखि पूर्वप्रधानन्यायाधीश, न्यायाधीहहरु, कानुन व्यवसायी सबैसँग झन्डैझन्डै गुहार माग्दै हिँडेको जस्तो स्थिति थियो, हिजो कार्यपालिकामा समस्या देखा पर्दा, हामीलाई त्यहाँबाट ठूलो सहयोग प्राप्त पनि भयो ।’

‘त्यसले जनमत निर्माणका साथै अदालतको निर्णयलाई प्रभावित पार्ने हकसम्म सकारात्मक अर्थमा महत्वपूर्ण भूमिका खेलेको छ । त्यसकारण म यहाँहरुलाई के भन्न चाहन्छु, हामीले बिर्सियौं कि भन्ने नठानियोस् । तपाईंहरुले लगाएको त्यो गुनको पैंचो राजनीतिक दल र कार्यपालिकाले तिर्नु पर्छ ।’

सर्वोच्चमा देखिएको समस्याबारे सत्तारुढ गठबन्धनमा छलफल भएको समेत उनले बताए । न्यायपालिसँग मात्र नभई समग्र राज्यप्रणालीसँग सम्बिन्धत रहेको भन्दै उनले, ‘यसलाई सम्बोधन गर्न सकियो भने न्यायपालिकामा गुणात्मक सुधारको प्रक्रिया शुरु हुनसक्छ । यो एउटा यस्तो बिन्दु हुनसक्छ, जहाँबाट न्याय क्षेत्रमा देखिएका तमाम विकृति, विसंगति अन्त्य हुने र न्यायपालिकाले जनविश्वास आर्जन गर्नेतर्फ अगाडि बढ्ने बिन्दु हुनसक्छ ।’

हाल विदेश भ्रमणमा रहेका सभामुख स्वदेश फर्किएलगत्तै बैठक बसेर न्यायपालिकाको समस्या समाधान गर्ने आश्वासन समेत उनले दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४