Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राप्रपालाई माधव नेपालको आग्रह– ‘परिवर्तनलाई आत्मसाथ गर्नुस्, पछाडि नफर्किनुस्’


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर १५ २०७८
  • 2K
    SHARES

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राप्रपालाई परिवर्तनलाई आत्मसाथ गर्न आग्रह गर्नुभएको छ ।

भृकुटीमण्डपमा जारी एकता महाधिवेशनमा नेपालले परिवर्तनलाई आत्मसाथ गर्दै अघि बढ्न भन्दै पछाडि नफर्कन आग्रह गर्नुभयो । राजसंस्था र हिन्दुराष्ट्रको पछि लागेर परिवर्तनलाई उल्ट्याउन नलाग्न पनि उहाँले राप्रपा नेतृत्वमाथि आग्रह गर्नुभयो ।

अध्यक्ष नेपालले राष्ट्रवादको ब्राण्ड, प्रजातन्त्रको ब्राण्ड तथा समाजवाद र समानताको ब्राण्ड गरी देशका राजनीतिक पार्टीमा तीनवटा ब्राण्ड रहेको बताउनुभयो ।

नेपालमा दुई देशको बीचमा रहेकाले बाह्य हस्तक्षेप बढेकाले त्यसको मिलेर सामना गर्नुपर्ने बताउनुभयो । सम्बोधनको सुरुदेखि कम्युनिष्ट पार्टीको बखान गर्नुभएका उहाँले प्रजातन्त्र र लोकतन्त्रप्राप्तिका लागि दलहरुको योगदानको सम्मान गर्नुभयो ।

परिवर्तन आजको नारा भएको बताउँदै उहाँले त्यसका लागि नविनतम सोचको आवश्यकता रहेको बताउनुभयो । आफूहरु गफाडी नहुने र काम गरेर जनतलाई सहजता उपलब्ध गराउनेतर्फ लागेको जिकिर गर्नुभयो ।

विदेशीहरुको गरेको हस्तक्षेपबारे सम्पूर्ण राजनीतिक दल र नागरिक सचेत हुनुपर्नेमा जोड दिँदै राप्रपाले राष्ट्रिय एकताको झण्डा फहराइरहन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४