Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस पौडेल पक्ष प्रदेश सभापति छान्दै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर १५ २०७८
  • 2.7K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्रदेश सभापतिका उम्मेदवारहरुको टुंगो लगाउन छलफल गरिरहेको छ ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेशतर्फको निर्वाचन कार्यक्रम भोलिबाट शुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिले प्रदेशतर्फ मंसिर १६ गते बिहान १० बजे प्रदेश निर्वाचनको मतदाता नामावली प्रकाशन, मंसिर १७ गते मनोनयन दर्ता र १८ गते बिहान ८ बजेदेखि मतदान गर्ने कार्यक्रम तय गरेको छ ।

आफ्नो पक्षबाट प्रदेश सभापतिमा उम्मेदवार बनाउनेहरुको नाम सर्वसम्मत गर्न अहिले पौडेलसहित कांग्रेस महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, डा. रामशरण महत लगायतका छलफलमा बसेका छन् । महामन्त्री कोइराला निवासमा भइरहेको छलफलमा आफ्नो पक्षको प्यानल बनाउन नेताहरुबीच कुराकानी भइरहेको पौडेल पक्षका एक नेताले जानकारी दिए । प्रदेश सभापतिका दावेदारहरुले छुट्टा–छुट्टै आफ्नो उम्मेदवारीको प्रचार गर्दै हिडेपछि त्यसलाई कसरी सहमतिमा टुंग्याउने भन्ने विषयमा पनि छलफल भएको छ ।उता कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्ष पनि आफ्नो तर्फबाट क–कसलाई प्रदेश सभापतिमा उम्मेदवार बनाउने भन्ने आन्तरिक गृहकार्यमा जुटेको छ ।

कांग्रेसमा वडा अधिवेशन शुरु हुनु अघि पौडेल सहितका नेताहरु एकैठाउँ उभिएका थिए । त्यसपछि उनीह प्रदेश निर्वाचनका बारे छलफल गर्न आज एकै ठाउमा भेला भएका हुन् ।

कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४