Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले नेतृत्वमा पूर्व माओवादीको ‘उत्साहपूर्ण’ उपस्थिति


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर १४ २०७८
  • 3.2K
    SHARES

बाँयाबाट क्रमश: नेकपा एमालेको उपाध्यक्षमा निर्वाचित रामबहादुर थापा बादल, सचिवमा निर्वाचित भएका लेखराज भट्ट र टोपबहादुर रायमाझी ।


 चितवन । नेकपा एमालेको दशौं महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षमा १९ पदाधिकारी चयन गर्दा पूर्वमाओवादी पृष्ठभूमिका तीन जना समेटिए ।

रामबहादुर थापा बादल उपाध्यक्ष बन्दा लेखराज भट्ट र टोपबहादुर रायमाझी सचिव भए । उनीहरु सबै अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि घोषणा सूचीमा परेको, तर चुनाव लडेर आएका हुन् ।  ६ उपाध्यक्षका लागि सात जना प्रतिस्पर्धामा थिए, जसमा १७६८ मतका साथ छैटौं नम्बरमा रहेर बादल निर्वाचित भए ।

सात सचिवका लागि ९ जना चुनावी प्रतिस्पर्धामा थिए । लेखराज भट्ट १७०४ मतका साथ पाँचौं र टोपबहादुर १७०० मतका साथ छौटौंमा नम्बरमा रहेर विजयी भए ।

ओलीको टिममा नरहेर उपाध्यक्षको चुनाव लडेका घनश्याम भुसाल तथा सचिवको चुनाव लडेका भीम आचार्य र टंक कार्की दुबै पराजित भएका छन् ।

एमालेमा लागेका  पूर्वमाओवादी नेताहरु दशौं महाधिवेशनबाट निर्वाचित कमिटीमा आफूहरुको उपस्थितिलाई सम्मानजनक मात्र नभएर उत्साहपूर्ण भएको बताउँछन् ।

जबकी पूर्वमाओवादी नेताहरु भएकै पदहरुमा ओलीसँग असन्तुष्ट नेताहरुले उम्मेदवारी दिँदा अनेक अनुमान गरिएको थियो । ‘कतै हामीलाई हराउन लागिएको त होइन ? भन्ने प्रश्न पनि कतिपय माओवादी पृष्ठभूमिका प्रतिनिधिहरुले गरेका थिए ।

तर, परिणाम त्यस्तो भएन । एमालेका वैचारिक नेता तथा पूर्वउपमहासचिव घनश्याम भूसाललाई पराजित गरेर बादल उपाध्यक्ष निर्वाचित भएका छन् । सचिवमा त रघुवीर महासेठभन्दा धेरै मत लेखराज भट्ट र टोपबहादुर रायमाझीले पाएका छन् ।

  • उत्साहपूर्ण सहभागिता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता भंग भएपछि रामबहादुर थापा बादल नेतृत्वको समूह माओवादी केन्द्रमा फर्किएन । ५ पुसको संसद विघटनसँगै नेकपा दुई खेमामा विभाजित हुँदा ओलीतिर लागेका उनीहरुले एमाले नै रोजे ।

२८ फागुन २०७७ मा ओलीले बादलसहित २३ जनालाई एकपक्षीय रुपमा एमाले केन्द्रीय कमिटीमा मनोनित गरे । त्यो दिन भएका सबै निर्णय खारेज गर्नुपर्ने भन्दै माधवकुमार नेपाल समूहले समानान्तर गतिविधि गर्‍यो, तर ओलीले ‘डढेलो लागेको बेला पलाएको पालुवा’ भन्दै उनीहरुलाई संरक्षण गरिरहे । २७ असार २०७८ मा १०बुँदे सहमति हुँदा पनि पूर्वमाओवादी पृष्ठभूमिका नेताहरुलाई असुरक्षित महसुस हुन दिएनन् । कतिसम्म भने १० बुँदेअनुसार भीम रावलले पाउने पर्ने सूदूरपश्चिम इन्चार्जमा पनि लेखराज भट्टलाई कायमै राखे ।

एमालेले दशौं महाधिवेशन गर्दै गर्दा पूर्व माओवादी पृष्ठभूमिका नेताहरुको माग थियो, तीन पदाधिकारी र केन्द्रीय कमिटीमा सम्मानजनक उपस्थिति हुनुपर्छ ।

नभन्दै ओलीले तीन पदाधिकारी र यसअघि केन्द्रीय सदस्य भएका सबैलाई निरन्तरता दिने प्रस्ताव ल्याए । मतदान हुँदा पनि उनीहरुलाई जिताएका छन् । एमालेमा लागेका  पूर्वमाओवादी नेताहरु दशौं महाधिवेशनबाट निर्वाचित कमिटीमा आफूहरुको उपस्थितिलाई सम्मानजनक मात्र नभएर उत्साहपूर्ण भएको बताउँछन् ।

केन्द्रीय सदस्य पासाङ शेर्पा भन्छन्, ‘नेकपाबाट एमाले प्रवेश गरेपछि हामी पछुताउने छैन । केन्द्रीय कमिटीका साथै पदाधिकारीमा हाम्रो उपस्थितिलाई उत्साहजनक मानेका छौं ।’

  • ओलीको दिन खोजेको तीन सन्देश

एमाले नेताहरुका अनुसार आफू निकटहरुलाई रोकेर भएपनि पूर्व माओवादी पृष्ठभूमिका नेताहरुलाई स्पेश दिँएर अध्यक्ष ओलीले मख्यतः तीन सन्देश दिन खोजेको छन् ।

पहिलो : यो पुरानो एमाले होइन, नेकपाकै निरन्तरता हो । पूर्वमाओवादी नेताहरुले पनि आफ्नो कदमको प्रतिरक्षामा यही भाश्यलाई स्थापित गर्ने प्रयास गर्दै आएका थिए ।

ओलीले बेलाबेला सार्वजनिक मञ्चहरुबाट त्यही भन्ने गरेका छन् । दशौं महाधिवेशनमा पूर्वमाओवादी नेताहरुलाई पदाधिकारी र केन्द्रीय कमिटीमा सम्मानजनक स्पेस दिएर पनि उनले त्यही पुष्ट गर्न खोजेका हुन् ।

दोस्रो : माओवादी केन्द्रसँग गरेका प्रतिवद्धता वा सहमतिहरु कार्यान्वयनका सन्दर्भमा ओलीको ‘ट्र्याक रेकर्ड’ त्यति राम्रो छैन । पहिलो पटक प्रधानमन्त्री हुँदा गरेको भद्र सहमति कार्यान्वयन होस् वा वाम गठबन्धन गर्दा भएको आलोपालो प्रधानमन्त्रीको सहमति कार्यान्वयनमा होस्, ओलीमाथि प्रश्न उठेको छ । माओवादी केन्द्रका नेताहरुले त्यसलाई लिएर ओलीले झुटो बोल्छन्, गरेका सहमतिहरु पालना गर्दैनन्’ भन्ने स्थापित गर्ने प्रयास गरेका छन् ।

तर पहिले उनले माओवादी पृष्ठभूमिबाट आएका र पछिल्लो समय एमाले छिरेका नेताहरुलाई सम्मानजनक स्थान दिएर ओली त्यसलाई खण्डन गर्ने प्रयास गरेका छन् ।

तीन : देश निर्वाचनको नजिक छ । एमाले नेताहरुका अनुसार निर्वाचनमा एमालेको प्रतिस्पर्धी नेपाली कांग्रेस नै हो । तर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमालेलाई अवरोध गर्न सक्छ । वाम जनमत तीनतिर विभाजित हुन्छन् । त्यसको असर कम गर्न पनि एमालेले माओवादी र एकीकृत समाजवादीलाई कमजोर बनाउने प्रयास गर्ने रणनीति लिएको छ । यसका लागि दुबै दलका नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराउने ओलीको तयारी छ । दशौं महाधिवेशनको उद्घाटन समारोहमै उनले आगामी फागुनसम्म एमाले प्रवेशको लहर देशभर चल्ने दाबी गरेका थिए ।

उनी पूर्वलडाकूहरु पनि पार्टीमा ल्याउन चाहन्छन् । त्यही कारण सार्वजनिक मञ्चहरुबाट माओवादी नेतृत्वको चर्को आलोचना गर्दा पनि पूर्व लडाकूहरुप्रति सहानुभूति राख्छन् । पार्टीमा पूर्वमाओवादी नेतृत्वलाई उत्साहजनक भूमिका दिएर उनले पूर्व लडाकूहरुलाई पनि एमाले प्रवेश गर्दा असुरक्षित भइन्न भन्ने सन्देश समेत दिन खोजेको एक केन्द्रीय सदस्य बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४