Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओली नेताहरुसँग परामर्श गर्दै, प्रतिनिधि बन्दसत्रको हलमा कुर्दै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर १२ २०७८
  • 7.1K
    SHARES

काठमाडौं । आइतबारको बन्दसत्रमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिहरूलाई भनेका थिए । तर अध्यक्ष ओली आफैं समयमा बन्दसत्रमा पुगेका छैनन् ।

यो समाचार तयार पार्दासम्म ओली आफू बसेको पार्क सफारी होटलमै छन् । पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षीलाई भेट्न उनी व्यस्त छन् । ओलीलाई भेट्नेहरूको होटलमा भीड लागेको छ । बन्दसत्रको हलमा भने प्रतिनिधिहरू ओलीलाई कुरिरहेका छन् ।

पदाधिकारी र केन्द्रीय सदस्यहरूका आकांक्षी धेरै भएपछि सहमतिमा पुग्ने प्रयास भइरहेको छ । त्यसैले पूर्वनिर्धारित समयमा बन्द सत्र सुरु हुन नसकेको ओली निकट नेताहरूले बताएका छन् ।

ओलीले नेताहरूसँग समूहगत र एक्काएक्लै छलफल गरिरहेका छन् । तर अहिलेसम्म पदाधिकारीमै सहमति जुटेको छैन । अध्यक्षमा उम्मेदवारी दिने भीम रावलले अडान कायम राखेका छन् ।

वरिष्ठ उपाध्यक्ष र महासचिवमै सहमति गर्न सकस भएपछि ओलीले अध्यक्षमा उम्मेदवारी दिने अडानमा रहेका रावलसँग संवाद गर्न भ्याएका छैनन् । यद्यपि उनीसँग पनि छलफल गर्ने तयारी भइरहेको एमाले नेताहरू बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४