Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले १० औं महाधिवेशन : पूर्व माओवादीका नेताले पनि खोजे भाग


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर १२ २०७८
  • 3.3K
    SHARES

काठमाडौं । चितवनमा जारी नेकपा एमालेको १० औं महाधिवेशनमा माओवादीबाट एमालेमा प्रवेश गरेका नेताहरुले पनि पार्टीमा आफूहले सम्मानजनक भाग पाउनु पर्ने माग राखेका छन् ।

उनीहरुले एमालेको पदाधिकारी र केन्द्रीय सदस्य पदमा सम्मानजनक उपस्थिति हुनुपर्ने माग राखेका हुन् । पूर्व माओवादीबाट एमाले प्रवेश गरेका एक नेताले यसबारे केपी शर्मा ओलीसँग छलफल भइरहेको इमेजखबरलाई जानकारी दिनुभयाे । पूर्व माओवादी नेताहरुले एमालेले वरिष्ठ उपाध्यक्ष वा उपाध्यक्ष, सचिव, उपमहासचिव पद पूर्व माओवादी नेताहरुलाई दिनुपर्ने माग राखेका छन् ।

पूर्व माओवादी नेताहरुले राम बहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र मणि थापालगायतलाई पदाधिकारीमा ल्याउनु पर्नेमा जोड दिएका छन् । नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत चितवनको सौराहामा बन्दसत्र जारी छ । महाधिवेशनको उद्घाटन सत्र मंसिर १० गते नारायणगढ स्थित नारायणी नदी किनारमा भएको थियो ।

सहमतिमै नेतृत्व चयन गर्ने भनिएता पनि पदाधिकारी र केन्द्रीय सदस्यमा धेरै आकांक्षी भएपछि एमालेमा नेतृत्व चयनमा सकस भएको छ । केपी शर्मा ओलीलाई पुनः अध्यक्ष बनाउन सहमतिको प्रयास भइरहेपनि नेता भीम रावलले पनि अक्ष्यक्षमा आफ्नो उम्मेदवारी अघि सारेपछि निर्वाचन गर्ने कि सहमतिका लागि थप छलफल गर्ने भन्ने अन्योल भएको एमालेका एक नेताले जानकारी दिनुभयाे । निर्वाचन कार्यक्रम पनि अझै सार्वजनिक हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४