Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

थ्री स्टार माथि नवप्रवेशी क्लब सातदोबाटोको जित, सातदोबाटो लिगको शीर्ष स्थानमा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर १० २०७८
  • 2K
    SHARES

काठमाडौं,। नवप्रवेशी क्लब सातदोबाटो युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।

दोस्रो चरण अन्र्तगत आज भएको खेलमा सातदोबाटाले थ्री स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्यो । तीन पटकको च्याम्पियन थ्री स्टारलाई पराजित गर्न सातदोबाटोका सुदिप गुरुङले निर्णायक गोल गरे ।

सुदिपले खेलको २९ औं मिनेटमा निर्णायक गोल गरे । मार्टिन्स अजयीले उपलब्ध गराएको पासमा अनमार्क रहेका सुदिपले डिबक्सको ठिक बाहिरबाट सुन्दर गोल गरे ।

त्यसपछि दुबै टिमबाट गोल हुन सकेन् । खेलको म्यान अफ दि म्याच सातदोबाटोका सुदिप गुरुङ चुनिए । यस जितसँगै सातदोबाटोले २ खेलमा ४ अंक जोडेको छ ।

सातदोबाटो लिगको शीर्ष स्थानमा समेत उक्लिएको छ । पहिलो खेलमा सातदोबाटोले फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।

थ्री स्टारको यो पहिलो हार हो । थ्री स्टार ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा थ्री स्टारले च्यासल युथ क्लबलाई ३–० ले हराएको थियो । आजै हुने दोस्रो खेलमा संकटा क्लबले फ्रेण्ड्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४