Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

७ स्थानबाट निकालिएको एमालेको जुलुस महाधिवेशन उदघाटनस्थलमा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर १० २०७८
  • 4K
    SHARES

काठमाडौं । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहमा सहभागी हुनेहरुको जुलुस विभिन्न स्थानबाट निस्किने क्रम जारी छ । बाजागाजा, झण्डा, ब्यानरसहितको जुलुस उदघाटन समारोहमा परिणत हुने क्रम जारी छ ।

पूर्वी नेपालबाट आएकाहरुको जुलुस भरतपुर बस टर्मिनल (पारस बसपार्क)बाट र पश्चिम नेपालबाट आएकाहरुको जुलुस गैंडाकोटतर्फबाट निस्किएको छ ।

आँपटारी, हाकिमचोक, वीरेन्द्र क्याम्पस, शहीदचोक, गैंडाकोट, केन्द्रीय बसपार्क, विशालचोक लगायत स्थानबाट जुलुस निस्किएका छन् । ठूला जुलुस भने भरतपुर बसपार्क, आँपटारी र गैंडाकोटबाट निकालिएको एमाले चितवन अध्यक्ष पार्वती रावलले जानकारी दिइन् ।

 

 

ती जुलुसहरु महाधिवेशन उदघाटनस्थल नारायणी नदी किनारमा जम्मा हुने क्रम जारी छ । जुलुसहरुको नेतृत्व विभिन्न जिल्ला कमिटी र जनवर्गीय संगठनका नेताहरुले गरेका छन् ।

जुलुसका कारण नारायणगढ क्षेत्रमा सवारी आवागमन ठप्प छ । मानिसहरुको भिडले नारायणी पुलमा एम्बुलेन्ससमेत केहीबेर जाममा परेको थियो ।

 

पूर्वपश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ खण्ड र नारायणगढको मुख्य बजार क्षेत्रभित्र अत्यावश्यकबाहेकका सबै सवारी साधनलाई साँझ ५ बजेसम्मै प्रवेशमा रोक लगाइएको छ ।

 

 

 

  

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४