Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राप्रपामा १९९ सदस्यीय केन्द्रीय समिति, ७५ प्रतिशत निर्वाचनबाट आउने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर ९ २०७८
  • 3.2K
    SHARES

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पहिलो पटक अध्यक्षबाहेकका अरु पदाधिकारी पनि निर्वाचनबाट चयन गर्ने भएको छ । बिहीबार बसेको पार्टीको कार्यसम्पादन समितिले नेता निरञ्जन थापा नेतृत्वको विधान संशोधन सुझाव समितिले पेश गरेको विधान संशोधनको मस्यौदा परिमार्जनसहित पारित गरेको छ ।

अब उक्त विधानअनुसार राप्रपाको केन्द्रीय समितिमा अध्यक्ष, ६ जना उपाध्यक्ष, ६ महामन्त्री, १ जना कोषाध्यक्ष प्रवक्ताहरु, ७ जना सहमहामन्त्री, ७ जना सहायक महामन्त्री र एक जना सहायक कोषाध्यक्षसहित १९९ सदस्यीय कार्यसमिति हुनेछ ।

जसमध्ये अध्यक्ष, एक महिलासहित ३ जना उपाध्यक्ष, एक महिलासहित ३ महामन्त्री निर्वाचनबाट चयन हुने पार्टीका प्रचार संयोजक मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार राप्रपको इतिहासमा अध्यक्षबाहेकका पदाधिकारी चयनका लागि निर्वाचन हुन लागेको यो पहिलोपटक हो ।

त्यस्तै १९९ सदस्यीय केन्द्रीय समितिको ७५ प्रतिशत अर्थात १४९ जना पनि निर्वाचनबाट चयन हुनेछन् । निर्वाचनबाट चयन हुने केन्द्रीय सदस्यमध्ये ३३ प्रतिशत अर्थात ४९ जना महिला रहनेछन् । बाँकी १०० जना पुरुष रहनेछन् ।

राप्रपाले जाति र क्षेत्रका आधारमा पनि केन्द्रीय समितिमा आरक्षण दिएको छ । निर्वाचनबाट चयन हुने केन्द्रीय सदस्यमध्ये खुलातर्फ ५८ जना, आदिवासी जनजाति १४ जना (८ पुरुष र ६ महिला), मधेसी ११ जना (६ पुरुष, ५ महिला), उत्पीडित ३ जना (२ पुरुष १ महिला), कर्णाली तथा पिछडिएको क्षेत्र २ जना (एक महिला एक पुरुष) मुस्लिम ३ जना (२ पुरुष एक महिला), थारु २ जना (एक पुरुष एक महिला) र प्रवासबाट २ जना निर्वाचित हुनेछन् ।

पार्टीका प्रचार संयोजक मोहन श्रेष्ठका अनुसार अब यो विधानलाई मंसिर १५ देखि सुरु हुने महाधिवेशनले अनुमोदन गरेपछि लागू हुनेछ । पार्टीका २५ प्रतिशत केन्द्रीय सदस्य भने पछि मनोनीत हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४