Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कुवेतमाथि नेपालकाे शानदार जित, अंकतालिकाकाे शीर्ष स्थानमा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर ९ २०७८
  • 2.2K
    SHARES

काठमाडौं । आईसीसी टी–ट्वान्टी महिला विश्वकप क्रिकेटको एसियाली छनोट प्रतियोगितामा नेपाली महिला टोलीले कुवेतमाथि ९ विकेटको शानदार जित हात पारेको छ ।

दुबईस्थित आईसीसी एकेडेमीको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कुवेतले १५.४ ओभरमा सबै विकेट गुमाएर २७ रन बनाएको थियो ।

कुवेतकी प्रियदा मुरलीले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालकी कप्तान रुविना क्षेत्री र संगीता राईले समान तीन विकेट लिए ।

२८ रनको लक्ष्य नेपालले ३.३ ओभरमा एक विकेट गुमाएर पूरा गरेको हो । नेपालकी ओपनर सीता रानामगर शून्यमा आउट हुँदा अविजित रहँदै रुविना क्षेत्रीले १२ र इन्दु बर्माले १३ रन बनाए ।

नेपालको यो लगातार दोस्रो जित हो । जितसँगै नेपालले ४ अंक जोडेर अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा हङकङसँग पराजित नेपालले दोस्रो खेलमा भुटानलाई हराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४