Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

साइबर अपराध आरोपमा व्यवसायी कार्की पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर ८ २०७८
  • 4.7K
    SHARES

काठमाडौं । ट्रेडमार्क चोरी र साइबर अपराधको आरोपमा प्रहरीले एक व्यापारीलाई पक्राउ गरेको छ । हलेसी डेकोरको  ट्रेडमार्क चोरी तथा इमेलको दुरुपयोग गरेको आरोपमा ‘खोटाङ हलेसी डेकोर’ का सञ्चालक योगेन्द्र कार्की पक्राउ परेका प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ ।

पहिले हलेसी डेकोरकै सेयरधनी रहेका उनले २०७७ फागुनमा शेयर बिक्री गरी खोटाङ हलेसी डेकोर नाममा व्यापार सुरु गरेका थिए । तर उनले ‘हलेसी डेकोर’ कै ट्रेडमार्क प्रयोग गरेको र हलेसी डेकोरकै इमेलबाट फेसबुक र टिकटक एकाउन्ट सञ्चालन गरेको उजुरी परेको प्रहरीले बताएको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले भने यो विषयमा केही खुलाउन चाहेन । प्रधान कार्यालय स्रोतका अनुसार बुधबार पक्राउ परेका कार्कीलाई ट्रेडमार्क चोरी र साइबर अपराधमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट बिहीबार अनुमति लिइनेछ ।

आफूहरुको ट्रेडमार्क र इमेल ठेगानाको अनधिकृत प्रयोग गरी ग्राहक, वितरक तथा सर्वसाधारणलाई भ्रम सिर्जना गरी गैर कानुनी काम गर्ने मात्रै होइन आफू पहिले काम गरेको संस्थालाई ‘कोल्याप्स’ नै बनाउने गरी गतिविधि गरेको जानकारी पाएपछि प्रहरीमा उजुरी दिएको हलेसी डेकोरका संस्थापक अध्यक्ष हेमराज कार्कीले बताए ।

उनले योगेन्द्र कार्कीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ को दफा ४५, ४६ र ४७ को विपरीतको कार्य गरेको भनी जाहेरी दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४