Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसको डोटी जिल्ला सभापति चयन दोस्रो चरणमा, सिंह र बडुबीच प्रतिस्पर्धा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर ८ २०७८
  • 3.9K
    SHARES

डोटी । नेपाली कांग्रेस डोटी जिल्ला सभापति चयनका लागि मंगलबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत ल्याउन नसकेपछि बुधवार दोस्रो चरणको निर्वाचन सुरु भएको छ ।

पहिलो चरणमा सभापति पदका लागि पाँच जना उम्मेदवार रहेकामा कसैले पनि बहुमत पुर्याउन सकेनन् । त्यसैले पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका दुई उम्मेदवार नरेन्द्रबहादुर सिंह र भूमिराज बडुबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुन लागेको हो ।

एक हजार एक सय सात मतदातामध्ये एक हजार ८७ जनाले मतदान गरेका थिए । मंगलबार राति अबेर सार्वजनिक भएको परिणाम अनुसार सभापतिका उम्मेदवार सिंहले सबैभन्दा बढी ३५८ मत प्राप्त गरे । उनलाई टक्कर दिँदै अर्का प्रत्यासी भुमिराज बडुले ३४२ मत प्राप्त गरे ।

निवर्तमान जिल्ला सभापति प्रदीप देउवा पहिलो चरणमै बाहिरिएका छन् । पहिलो चरणमा दुई सय १४ मत प्राप्त गरेका उनी तेस्रो भए । यस्तै अर्का प्रत्यासी नरबहादुर ढाँटले ९१ र टेकराज ओझाले ३४ मत प्राप्त गरेका छन् । खसेको मतमध्ये ४८ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस विधान अनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनु पर्ने व्यवस्था छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याए बढी मत प्राप्त गर्ने दुई जनाबीच पुनः प्रतिस्पर्धा हुने व्यवस्था छ ।

सोही व्यवस्था अनुसार जिल्ला सभापतिका लागि नरेन्द्रबहादुर सिंह र भुमिराज बडुबीच प्रतिस्पर्धा सुरु भएको छ । अब डोटीको सभापति को होला भन्ने चासो बढेको छ । निवर्तमान सभापति देउवाले जसलाई सहयोग गर्यो उही सभापति हुने पनि अनुमान गर्न थालिएको छ ।

मतदान प्रक्रिया सुरु भइसकेको र बुधबार साँझसम्म परिणाम आइसक्ने निर्वाचन समितिले जानकारी दिएको छ । जिल्ला समितिका लागि अन्य पदहरु र महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनको मत गणना हुन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४