Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन आज


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर ६ २०७८
  • 3.3K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेन अन्तर्गत सोमबार प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुँदैछ । वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न भएका सबैजसो जिल्लामा आज प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुने कांग्रेसले जनाएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार आज देशभरका १४८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा नयाँ कार्यसमिति चयनका लागि अधिवशेन हुँदैछ । एक मात्रै निर्वाचन क्षेत्र भएका जिल्लामा पनि सोमबार नै जिल्ला अधिवेशन हुने कांग्रेसले जनाएको छ ।

महाधिवेशन प्रतिनिधि पनि चयन गर्ने भएकाले प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनलाई निकै महत्वका साथ लिइन्छ । महाधिवेशन प्रतिनिधिले नै पार्टीको केन्द्रीय सभापतिसहित कार्यसमिति चयन गर्ने विधानको व्यवस्था छ ।

एउटा निर्वाचन क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । कांग्रेसभित्र नेतृत्वका आकांक्षीहरुले आफ्नो पक्षमा बढि महाधिवेशन प्रतिनिधि ल्याउने होडबाजी चलिरहेको छ । हिमाली क्षेत्रका करिव १५ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । बाँकी जिल्लामा मंसिर १० गते जिल्ला अधिवेशनको मिति तोकिएको छ ।

कांग्रेसको प्रदेश सभा अधिवेशन मंसिर १६-१७ गते हुँदैछ भने कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४-२६ सम्म काठमाडौंमा हुुने महाधिवेशन कार्यतालिमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४