Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चिकित्सक संघको माग– ‘अदालतको काम अबिलम्ब सुचालु गर’


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक २९ २०७८
  • 2.9K
    SHARES

काठमाडौं । नेपाल चिकित्सक संघले अदालतको काम कारबाही अबिलम्ब सुचालु गर्न माग गरेको छ ।

सोमबार अध्यक्ष डा. लोचन कार्कीद्वारा जारी विज्ञप्तिमा सर्वोच्च अदालतमा देखिएको विवादले कानूनी राज्य र विधिको शासनमाथि नै अवरोध सिर्जना भई न्याय सम्पादनमा देखिएको अवरोधले राष्ट्रको गरिमामाथि आँच पुर्याएको ठहर गरिएको छ ।

अदालतको गरिमा जोगाउनका लागि सरकारले सहज र शान्तिपूर्ण वातावरण सिर्जना गरी उत्पन्न समस्याको यथासिघ्र समाधान निकाल्नुपर्नेमा संघले जोड दिएको छ ।

पछिल्लो एक महिनादेखि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको राजीनामा माग गर्दै सर्वोच्च अदालतको नियमित काम कारबाही अवरोध भएको छ भने अदालत परिसरमा प्रहरी कानुन व्यवसायीबीच घम्साघम्सी हुने गरेको छ ।

प्रधाननयायाधीश राणालाई अदालत प्रवेशमा रोक्ने घोषणा गरे पनि बार एशोसियसनको उक्त घोषणा भने सफल हुन सकेको छैन । राणा दैनिक अदालत गएर पेशी तोकिरहनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४