Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानन्यायाधीश जबरालाई श्रेष्ठको आग्रह- आफ्ना विचौलिया नियन्त्रणमा राख्नुस्


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, कार्तिक २८ २०७८
  • 3.5K
    SHARES

काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले विचौलियाहरूलाई नियन्त्रणमा राख्न प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई आग्रह गरेका छन् ।

सर्वोच्चको भित्रपट्टीबाट मूल गेटमा धर्नामा बसेका कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै श्रेष्ठले आफ्ना विचौलियालाई नियन्त्रणमा राख्न जबरालाई आग्रह गरेका हुन् ।

उनले प्रधानन्यायाधीश जबरालाई कानुन व्यवसायीको आन्दोलनमा बिचौलिया घुसपैठ गराएर आन्दोलन असफल पार्ने चेष्टा नगर्न आग्रह पनि गरे । उनले भने, ‘तपाईंका बिचौलिया नियन्त्रणमा राख्नुस् । घुसपैठ गराएर आन्दोलनलाई असफल पार्ने चेष्टा नगर्नुस् ।’

दुई सातादेखि आन्दोलनरत कानून व्यवसायीहरूले आज पनि सर्वोच्च अदालतको गेटमा धर्ना दिएका छन् । गत शुक्रबार अदालतको बाहिरबाट मूल गेटमा धर्नामा बसेका कानुन व्यवसायीहरु आज भने अदालत भित्रैपट्टीबाट मूल गेटमा धर्नामा छन् । आन्दोलनको विरोधमा रहेका प्रधानन्यायाधीश जबराका समर्थकहरुले भने बाहिरबाट प्रदर्शन गरिरहेका छन् ।

गत शुक्रबार पनि प्रधानन्यायाधीश जबरालाई प्रवेशमा रोक लगाउने उद्देश्यले कानून व्यवसायीहरूले प्रदर्शन गरेका थिए । तर प्रधानन्यायाधीश जबरा अर्को गेटबाट सर्वोच्च अदालतभित्र प्रवेश गरेका थिए ।

मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि जबराको राजीनामा माग गर्दै नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ । तर प्रधान्यायाधीश जबराले राजीनामा नदिने अडान राख्दै आएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरु पनि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने पक्षमा छन् । जबराको विरोधमा रहेका न्यायाधीशहरू उनले तोकेको इजलासमा पनि बसेका छैनन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४