Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नयाँ दिल्लीमा प्रदुषणका कारण एक साताका लागि विद्यालय बन्द


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, कार्तिक २८ २०७८
  • 4.1K
    SHARES

एजेन्सी । प्रदुषणको चपेटामा परेको भारतीय राजधानी नयाँदिल्लीमा एक साताका लागि विद्यालय बन्द गरिएको छ । त्यसैगरी निर्माण क्षेत्रमा पनि चार दिन काम बन्द गरिएको छ ।

नयाँ दिल्लीका मूख्यमन्त्री अरविन्द केरजरीवालले अत्यधिक प्रदुषणको मार बालबालिकामा पर्न नदिन विद्यालय क्षेत्र बन्द गरिएको भन्दै प्रदुषण लकडाउन गर्ने विषयमा पनि छलफल भईरहेको बताएका छन् । सरकारी कार्यालयहरु पनि घरबाटै चलाउन भनिएको भने निजी ब्यापारिक क्षेत्रलाई पनि सकेसम्म घरबाटै चलाउन भनिएको छ ।

कार्खाना र सवारी साधनबाट उत्पन्न धुवाँसाथै कृषि क्षेत्रबाट उत्पन्न प्रदुषणले दिल्लीको आकाश ढाक्ने गरेको छ । हरेक वर्षको हिउँदमा यो क्रम बढ्दो क्रममा रहेको छ । शनिबार भारतीय सर्वोच्च अदालतले प्रदुषण नियन्त्रणका लागि लकडाउन गर्न पनि सरकारलाई सुझाव दिएको छ ।

सर्वोच्च अदालतको सुझावमाथि छलफल भईरहेको भन्दै मूख्यमन्त्री केजरीवालले यसअघि कहिल्यै पनि प्रदुषण लकडाउन नभएकाले सरोकारवालाहरुसंगको छलफलपछि निर्णय लिने बताएका हुन् ।

यस्तै भारतीय प्रदुषण नियन्त्रण वोर्डले पनि प्रदुषण नियन्त्रणका लागि कठोर कदमका लागि तयार रहन भनेको छ । सो वोर्डले हावाको कमजोर गतिका कारण कम्तिमा नोभेम्बर १८ भन्दा पहिले प्रदुषण पातलिने सम्भावना नरहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४