Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लम्बियो कोप–२६, गरिब देशलाई दिइने वित्तीय सहायतासम्बन्धी वार्तामा सहमति जुटेन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक २७ २०७८
  • 3.5K
    SHARES

काठमाडौं । स्कटल्याण्डको ग्लास्गोमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२६ लम्बिएको छ ।

सम्मेलनको अन्तिम घोषणासम्बन्धी ड्राफ्ट तयार पार्न भइरहेका वार्ताहरू लम्बिँदा तोकिएको अवधि नोभेम्बर १२ मा सम्मेलन नसकिएको हो । जलवायु परिवर्तनको गम्भीर प्रभाव टार्नका लागि अपनाइने भावी रणनीतिसम्बन्धी वार्ता अन्तिम चरणमा पुगेको छ । तर, देशहरूको स्वार्थ र अडानका कारण वार्ता लम्बिएको हो ।

कोइला तथा अरु खनिज इन्धनबाट स्वच्छ ऊर्जामा जानका लागि दिइने सहुलियत तथा जलवायु परिवर्तनसँग जुझ्नका लागि गरिब देशलाई दिइने वित्तीय सहायतासम्बन्धी वार्तामा सहमति जुट्न सकेको छैन । यी देशले जलवायुजन्य विपदसँग जुझ्न विकसित देशबाट वित्तीय सहयोग पर्याप्त मात्रामा हुनुपर्ने अडान राख्दै आएका छन् । तर, धनी देशहरू आफ्नो वित्तीय दायित्व सकेसम्म सीमित गर्न चाहन्छ ।

शुक्रबार सार्वजनिक गरिएको प्रस्तावित सम्झौतामा कोइला र खनिज इन्धनको प्रयोग अन्त्य गर्ने वाचालाई कमजोर पारिएको छ । अभियन्ताहरूले त्यसको तीव्र आलोचना गरिरहेका छन् भने अतिकम विकसित, हिमाली तथा साना टापु राष्ट्रहरूले त्यसको गम्भीर प्रभाव आफूहरूले भोग्नु पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

ड्राफ्टमा हरितगृह ग्यासको उत्सर्जन कटौतीका लागि देशहरूले आफ्नो समय सीमा अघि ल्याउन आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४