Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मंसिर गतेदेखि विद्युतीय राहदानीको परीक्षण सुरु, २० लाख छापियो


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक २७ २०७८
  • 8.1K
    SHARES

काठमाडौं । सरकारले मंसिर १ देखि विद्युतीय राहदानीको परीक्षण वितरण सुरु गर्ने भएको छ ।

अंग्रेजी नयाँ वर्ष २०२२ देखि नेपालमा औपचारिक रूपमा प्रचलनमा ल्याउन लागिएकाले त्यसैको तयारी स्वरूप परीक्षण वितरण गर्न थालिएको राहदानी विभागले जनाएको छ ।

मंसिर १ गतेदेखि केही हप्ता विभागबाटै परीक्षणको विद्युतीय राहदानी वितरण गरिने योजना रहेको विभागका निर्देशक तथा प्रवक्ता शरदराज अरनले बताउनुभयो । त्यसका लागि यतिबेला विभाग अन्तिम तयारीमा जुटेको छ ।

विद्युतीय राहदानी वितरणका लागि प्राविधिक तथा प्रशासनिक सबै खालको तयारी अन्तिम चरणमा रहेको विभागले जनाएको छ । नेपाल सरकारले पासपोर्टको डिजाइन स्वीकृति दिएसँगै पहिलो चरणमा २० लाख थान छपाइ सम्पन्न भइसकेको छ ।

त्यसको प्रिन्ट भने वितरणको समयमा नेपालमै गर्ने गरी आवश्यक प्राविधिक तयारी विभागले पूूरा गरेको छ । आईएसओ १९०३ मान्यता प्राप्त विश्व स्तरकै प्रविधियुक्त तेस्रो पुस्ताको विद्युतीय राहदानी हो ।

विद्युतीय राहदानीको पोलिकार्बोनेट पानाभित्र जडान गरिएको डिजिटल चिप्समा राहदानी बाहकको सबै विवरण सुरक्षित हुन्छ । नयाँ राहदानी वितरण भए पनि पुरानो एमआरपी राहदानीको म्याद नसकिएकाको हकमा म्याद रहुन्जेल त्यही राहदानीलाई नै मान्यता दिइने छ ।

तर, वितरणको मुखमै रहेकाले पुरानो राहदानीको म्याद सकिएकाले पनि केही दिन पर्खेर विद्युतीय राहदानी नै बनाउन विभागले आग्रह गरेको छ ।

विद्युतीय राहदानीका लागि नेपालमा रहेका नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । विदेशमा रहेका नेपाली नागरिकको हकमा नागरिकता नम्बरलाई मान्यता दिइनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४