Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दाहालका स्वकीय सचिवलाई लुम्बिनीको सह–इन्चार्ज र प्रेस संयोजकलाई प्रेस सेन्टरको जिम्मेवारी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक २६ २०७८
  • 5.1K
    SHARES

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव जोखबहादुर महरालाई पार्टीको लुम्बिनी प्रदेशको सह–इन्चार्जको जिम्मेवारी दिइने भएको छ ।

मंगलबार बसेको स्थायी समितिको बैठकले महरालाई लुम्बिनी प्रदेशको सहइन्चार्जको जिम्मेवारी दिन लागिएको स्रोत जनाएको छ । यसअघि मंगलबारको स्थायी कमिटी बैठकको निर्णय सार्वजनिक गर्दा प्रवक्ता कृष्णबहादुर महराले यस विषयमा जानकारी गराउनुभएको थिएन ।

यस्तै, बैठकले अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटालाई पार्टी निकट पत्रकारहरूको संगठन प्रेस संगठन नेपालको जिम्मेवारी दिने निर्णय पनि गरेको छ । प्रेस सेन्टरको अहिले जिल्ला सम्मेलन चलिहरको छ । मंसिरको १७ र १८ गते संगठनको राष्ट्रिय सम्मेलन हुँदैछ । संगठनको अहिलको अध्यक्ष महेश्वर दाहाल हुनुहुन्छ ।

दुई व्यक्तिलाई पार्टीको जिम्मेवारी पठाएसँगै रिक्त रहेको सचिवालयको जिम्मेवारी अध्यक्ष दाहाल आफैँले सम्हाल्ने मंगलबारको स्थायी कमिटी बैठकमा बताउनुभएको श्रोतको भनाइ छ । अहिले दाहालको सचिवालय उहाँकी छोरी गंगा दाहालले सम्हाल्दै आउनुभएको छ ।

प्रेस सेन्टरको अध्यक्ष र लुम्बिनी प्रदेशको सह–इन्चार्जको विषय टुंग्याउने लगायत समसामयिक विषयमा छलफल गर्न शुक्रबार साँझ भर्चुअल रूपमा केन्द्रीय कमिटीको बैठक बस्दैछ । बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी)को सन्दर्भमा पनि छलफल हुने स्रोतले जनाएको छ ।

मंगलबार बसेको स्थायी कमिटी बैठकले एमसीसी यथास्थितिमा पारित गर्न नसकिने निर्णय गरिसकेको छ । पार्टीभित्र एमसीसीको विषयलाई लिएर कुनै पनि मतभेद नभए पनि गठबन्धनमा भएको मतभेद हुँदा अध्यक्ष दाहाल जटिल मोडमा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४