Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानन्यायाधीशले भिजिलान्ते प्रयोग गरे, आन्दोलन अझै सशक्त पार्छौं : महासचिव पौडेल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक २६ २०७८
  • 3.3K
    SHARES

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले भिजिलान्ते प्रयोग गरेर आन्दोलन दबाउन खोजेको आरोप नेपाल बार एशोसिएसनले लगाएको छ । एशोसिएसनका महासचिव लिलामणि पौडेलले धर्नालाई सम्बोधन गर्दै सो आरोप लगाएका हुन् ।

आन्दोलनमा घुसपैठ गराएर निस्तेज पार्न खोजिएको दाबी गर्दै उनले एशोसिएसनको आन्दोलन अझै सशक्त हुने बताए ।

कानुन व्यवसायीहरु अहिले सर्वोच्च अदालतको मूल गेट अगाडि धर्नामा बसेका छन् । त्यहाँको कोणसभालाई कानुन व्यवसायीहरुले सम्बोधन गरिरहेका छन् । सम्बोधनको क्रममा उनीहरुले प्रधानन्यायाधीशको राजीनामा दिनुपर्ने माग राखेका छन् । १२ बजेसम्म त्यहाँ कार्यक्रम गर्ने र नेपाल बार एशोसिएसनको कार्यालयमा फर्किने उनीहरुले बताएका छन् ।

उनीहरुले आज प्रधानन्यायाधीश जबरालाई आज सर्वोच्च अदालत भित्र प्रवेश गर्न नदिने योजना बनाएका छन् । उनीहरुको योजना असफल पार्न व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिन अगाडि बढेका कानुन व्यवसायीसँग प्रधानन्यायाधीश जबरा पक्षका कानुन व्यवसायीहरुबीच केहीबेर भनाभन भएपछि झडप भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४