Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रपति गुहेश्वरी र कमलपोखरी पुगी गर्नुभयो छठको पूजा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक २४ २०७८
  • 10.1K
    SHARES

काठमाडौं, कात्तिक २४ । छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्य पूजा आराधना गरी अर्घ दिइँदैछ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । तराईमा सीमित यो पर्व केही वर्षयता राजधानीलगायत पहाडी क्षेत्रमा उत्साहपूर्वक मनाउन थालिएको छ ।

छठको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी गुहेश्वरी र कमलपोखरी पुगेर त्यहाँ बनाइएको छठ घाटमा राखिएको छठी माता र सूर्यदेवको पूजाअर्चना गर्नुभयो ।

अघिल्लो वर्ष कोरोना संक्रमणका कारण छठ पर्व हर्षोल्लासपूर्वक नपाइएकाले यस वर्ष भने छठ मनाउन गुहेश्वरी, थापाथलीस्थित बागमती किनार, कमलपोखरी क्षेत्रमा भव्य तयारी गरिएको छ ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ ।

लोककथनअनुसार नै सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको विश्वास गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४