Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आईसीसी टी-२० विश्वकप : पहिलो सेमिफाइनलमा आज इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक २४ २०७८
  • 2.7K
    SHARES

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२१ को पहिलो सेमिफाइनलमा आज इंग्ल्याण्ड र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल पुग्ने लक्ष्यका साथ दुवै टोली मैदान उत्रनेछन् ।

यूनाइटेड अरब इमिरेट्स (यूएई)को आबुधाबीमा हुने खेल नेपाली समय अनुसार बलुका ७ : ४५ बजे सुरु हुनेछ ।

सुपर १२ मा इंग्लयाण्ड समूह एक को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने न्युजिल्याण्ड समूह दुईको उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो ।

दुवै टोलीले सुपर १२ मा पाँच खेलमध्ये ४ खेल जितेका थिए भने एक खेलमा हार बेहोरेका थिए ।

इंग्ल्याण्डले वेष्ट इन्डिज, बंगलादेश, अष्ट्रेलिया र श्रीलंकालाई पराजित गरेको थियो भने दक्षिण अफ्रिकासँग अन्तिम खेलमा पराजित भएको थियो ।

पाकिस्तानसँग हार बेहोर्दै प्रतियोगिताको सुरुआत गरेको न्युजिल्याण्डले  त्यसपछि लगातार भारत, नामिबिया, स्कटल्याण्ड र अफगानिस्तानलाई पराजित गरेर सेमिफाइनलमा स्थान बनाएको हो ।

दुवै टोलीले अहिलेसम्म उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । इंग्ल्याण्डका लागि ब्याटर जोस बटलर र बलर क्रिस जोर्डनले उत्कृष्ट प्रदर्शन गर्दा न्युजिल्याण्डका लागि मार्टिन गप्टिल र ट्रेन्ट बोल्डले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

इंग्ल्याण्डले चोटका कारण ज्यासन रोएलाई यो खेलमा गुमाउनेछ । दक्षिण अफ्रिकाविरुद्धको खेलमा उनी घाइते हुँदै रिटायर्ड हर्ट भएका थिए । उनको स्थानमा जेम्स भिन्सलाई टिममा राखिएको छ । त्यसैले सेमिफाइनलमा इंग्लिस टिम कुन कम्बिनेसनमा मैदान उत्रनेछ भन्ने प्रतीक्षा छ ।

न्युजिल्याण्डले भने सुरुमै चोटका कारण बलर लकी फर्गुसनलाई गुमाएको थियो । तर उनको स्थानमा एडम मिल्नेले राम्रो खेलिरहेका छन् । अहिले टिममा चोटको समस्या छैन ।

सन् २०१० को च्याम्पियन इंग्लयाण्ड तेस्रो पटक फाइनल पुग्ने लक्ष्यमा छ । पछिल्लो पटक २०१६ मा भएको टी-२० विश्वकप फाइनलमा भने इंग्ल्याण्ड वेष्ट इन्डिजसँग पराजित भएको थियो ।

उता न्युजिल्याण्ड भने तेस्रो पटक सेमिफाइनल खेल्दैछ । न्युजिल्याण्डले पहिलो र छैटौं संस्करणको सेमिफाइनल खेले पनि फाइनल पुग्न सकेको छैन । पछिल्लो पटक २०१६ मा न्युजिल्याण्ड सेमिफाइनलमा इंग्ल्याण्डसँग नै पराजित भएको थियो ।

उक्त खेलमा न्युजिल्याण्डलाई पराजित गर्दा ज्यासन रोएले ७८ रन बनाएका थिए । तर उनी यस पटक भने खेल्ने छैनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४