Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बार्सिलोनाका प्रशिक्षक जाभीले आजबाट आफ्नो जिम्मेवारी समाल्ने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक २३ २०७८
  • 8K
    SHARES

एजेन्सी । युरोपीयन फुटबल क्लबहरुमा यतिवेला प्रशिक्षकहरुको अदालबदली चलिरहेको छ । युरोपका घरेलु लिग सिजनमा एक तिहाइ खेलहरु सकिंदा थुप्रै क्लबले प्रशिक्षक फेरी सकेका छन् ।

पछिल्लो पटक इंग्लीश फुटबल क्लब न्युकासल युनाइटेडले एडी होवेलाई प्रशिक्षक नियुक्त गरेको छ । पूर्व बर्नमाउथ प्रशिक्षक होवेले क्लबलाई रेलीगेशनबाट बचाउने प्रयास गर्नेछन् । न्युकासाल युनाइटेड अहिले लिग तालिकाको १९ औं स्थानमा रहेको छ ।

पुछारमा रहेको नरिच सिटी र न्युकासलको समान ५–५ अंक छ । न्युकासल युनाइटेडसँगै इंग्ल्याण्डका अन्य चारवटा प्रिमियर क्लबका प्रशिक्षकले पनि सिजनको पहिलो हाफमै जागिर गुमाइसकेका छन् ।

यो सिजनमा क्लबबाट बर्खास्तीमा पर्ने प्रशिक्षकहरुमा वाट्फोर्डका जिस्को मुनोज, न्युकासलका स्टिभ ब्रुस, टोटनह्यामका नुनो इस्पीरितो सान्तो, नरिच सिटीका ड्यानियल फार्के र एस्टन भिल्लाका डिन स्मिथ रहेका छन् ।

उता स्पेनिस फुटबल क्लब बार्सिलोनाका नयाँ प्रशिक्षक जाभीले आजबाट आफ्नो जिम्मेवारी समाल्दैछन् । रोनाल्ड कोम्यानलाई बर्खास्त गरेपछि बार्साले क्लबकै पूर्व हस्ती जाभीलाई प्रशिक्षणको जिम्मेवारी सुम्पिएको हो । बार्सिलोना हाल स्पेनिस लिग फुटबलको नवौं स्थानमा रहेको छ । टोलीलाई उपाधि दावेदारीमा फर्काउन जाभीले निकै कठिन परिस्थीतीको सामना गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४