Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सहारा एकेडेमीको जिम्मा केसी परिवारले लिने, वार्षिक १५ लाख रुपैयाँ दिने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक १७ २०७८
  • 5K
    SHARES

काठमाडौं । सहारा एकेडेमीलाई पोखराको व्यावसायिक घराना सूर्यबहादुर केसीको परिवारले वार्षिक १५ लाखका दरले १० सहयोग गर्ने भएको छ ।

पोखरामा बुधबार एक कार्यक्रमका बीच स्वर्गीय सूर्यबहादुर केसीकी धर्मपत्नी प्रेमकुमारी केसी र सहारा क्लवका अध्यक्ष हरि गुरुङबीच सम्झौतामा हस्ताक्षर भएको छ । एकेडेमीको जिम्मेवारी लिएसँगै सहारा क्लब एकेडेमीको नाम समेत परिवर्तन हुने भएको छ ।

क्लबसँग दशवर्षे सम्झौता गर्दै ‘सुर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’ नामाकरण गरिएको छ । सहयोग र दाताको भरमा सञ्चालन हुँदै आएको एकेडेमीमा पहिलो पटक ठूलो राशीको सहयोग आएको हो । एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु बसेर पढिरहेका छन् ।

हालसम्म सहारा युके, सहारा हङकङ र सहारा अष्ट्रेलियाबाट सहयोग आउने गरेको थियो । एकेडेमी चलाउनकै लागि क्लवले आहा रारा गोल्डकप आयोजना गर्दै आएको छ । यस्तै सहारा क्लवले आयोजना गर्दै आएको आहा रारा गोल्ड कप माघ ६ देखि सुरु गर्ने तयारी गरेको क्लबले जनाएको छ ।

फुटबल प्रतियोगिताको मुख्य प्रयोजन समेत केसी ग्रुपले नै गरेको छ । सहारा क्लवले आफैले जग्गा खरिद गरेर पोखराको दोविल्लामा एकेडेमी सन्चालन गरिहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४