Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टी–ट्वान्टी विश्वकपमा दक्षिण अफ्रिकाको लगातार तेस्रो जित


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक १६ २०७८
  • 4.2K
    SHARES

काठमाडौं । टी–ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले लगातार तेस्रो जित निकालेको छ ।

अबुधावीमा भएको समूह ‘१’को खेलमा बंगलादेशलाई ६ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले लगातार तेस्रो जित निकालेको हो । बंगलादेशले दिएको ८५ रनको लक्ष्य उसले १३ दशमलव ३ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो ।

उसका लागि कप्तान तेम्बा बभूमाले नटआउट ३१, राशीभान्डेर डुसानले २२ र क्विन्टन डिककले १६ रन बनाए । बंगलादेशका टक्सिन अहमदले २ तथा महेदी हसन र नसुम अहमलले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा तानिएको बंगलादेशले १८ दशमलव २ ओभरमा सबै विकेट गुमाएर ८४ रन बनायो । उसका लागि मेहदी हसनले २७, लिन्टन दासले २४ र समिम हुसेनले ११ रन बनाए । दक्षिण अफ्रिकाका कागिसो रबाडा, एन्रिच नोर्टजेले समान तीन–तीन विकेट लिए ।

तीन खेलमा जित निकालेसँगै दक्षिण अफ्रिका अंकतालिकाको दोस्रो स्थानमा रहेको छ । उसले यसअघि श्रीलंका र वेस्ट इन्डिजलाई पराजित गरेको थियो भने अस्ट्रेलियासँग पराजित भएको थियो । चार खेलमा सबै खेल जितेको इंग्ल्याण्ड ८ अंकसहित शीर्ष स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४