Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

केपी ओलीको प्रतिक्रिया : एमालेको काम देखेर अताल्लिएकाहरूले षड्यन्त्र गरेर हटाए


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक १६ २०७८
  • 2.2K
    SHARES

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृवको प्रदेश सरकार ढले पनि एमाले नै पहिलो दल भएको बताएका छन् ।

एकपछि अर्को प्रदेश सरकार ढलेर हाल एमाले केन्द्र र प्रदेशमा प्रतिपक्षमा पुगेको बारेमा प्रतिक्रिया दिँदै एमाले अध्यक्ष ओलीले देश बनाउने एमालेको संकल्प, काम र योगदान देखेर अत्तालिएकाहरुले अनेक षडयन्त्र गरेर सरकार हटाएको बताए ।

उनले एमाले नेतृत्वको सरकार र पाँच दलीय गठबन्धनको सरकारले गरेको कामको फरक छुट्याउन जनतालाई सहज हुने प्रतिक्रिया दिए । चितवनको पटिहानीमा कार्यकर्ता भेटघाटका क्रममा बोल्दै एमाले अध्यक्ष ओलीले सबै दल मिलेर ५२ प्रतिशत पुर्‍याएर प्रदेशमा सरकार बनाएको तर आफ्नो दल एक्लै ४८ प्रतिशत रहेको दावी गरे ।

उनले आगामी निर्वाचनमा दुई प्रतिशत मत बढाएर एकल बहुमत ल्याउने बताए । बढीमा १३ महिनाभित्र देशमा चुनाव गरिसक्नुपर्ने भन्दै एमाले अध्यक्ष ओलीले पाँच दलीय गठवन्धनमा रहेका कुनै पनि दलले एमालेसँग एक्लै चुनाव लड्न नसक्ने बताए ।

उनले एमाले सिध्याए भनेर दंग नपर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिए । ‘हामीले जिताइदिएको हो, भोलि कसले बोकिदेला भनेर हिड्न परेको छ’ ओलीले भने, ‘माधव नेपालको हालत पनि उस्तै छ ।’ एमाले भरतपुर महानगर कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्न आएका ओली माडीको अयोध्यापुरी गएका छन् । भगवान रामको जन्म माडीमा भएको बताउँदै आएका ओलीले त्यहाँ आयोजित सभालाई सम्वोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४