Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जलवायु परिवर्तनमा नेपालको भूमिका नभए पनि मारमा पर्यो– राष्ट्रपति भण्डारी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक १५ २०७८
  • 3.3K
    SHARES

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनमा नेपालको कुनै भूमिका नभए पनि नेपाल त्यसको मारमा परेको बताउनुभएको छ ।

सोमबार मनाङ पुग्नुभएकी राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङले एग्रो मनाङ प्रालिमार्फत् सञ्चालन गरेको नेपालकै सबैभन्दा ठूलो स्याउ फार्मको अवलोकनपश्चात् बोल्दै जलवायु परिवर्तन सामान्य परिवर्तन मात्रै नभएर संकटतर्फ गइराखेको बताउनुभयो ।

जलवायुलाई प्रतिकुल बनाउन नेपालको कुनै पनि भूमिका नरहेको उल्लेख गर्दै उहाँले विश्वका अन्य देशहरूले प्रकृतिको दोहन गरेका कारण भएको जलवायु परिवर्तनको असर भने नेपालले भोग्नुपरेको बताउनुभयो ।

उहाँले हालै बेलायतमा कोप २६ मा भाग लिन प्रधानमन्त्री देउवा पुग्नुभएको भन्दै देउवाले जलवायु परिवर्तनको सम्बन्धमा नेपालको विषयवस्तु उठाउने विश्वास व्यक्त गर्नुभयो ।

नेपालले विश्वका विभिन्न मञ्चहरुमा जलवायु अनुकुलन कार्यान्वयन गर्नका लागि आवाज उठाइरहेको पनि राष्ट्रपति भण्डारीले स्मरण गर्नुभयो । उहाँले जलवायु अनुकुलनका लागि विश्व समुदायको ध्यान जानुपर्ने बताउनुभयो ।

विशेषगरी शक्ति राष्ट्रहरूको ध्यान जानु जरुरी रहे पनि नेपालले पनि वातावरण र पर्यावरणलाई अनुकूल पारिराख्नुपर्ने बताउनुभयो । कृषि प्रणालीमार्फत् हरियाली प्रवर्द्धन गर्नुपर्नेमा उहाँको जोड छ ।

राष्ट्रपति भण्डारीले कृषिप्रधान देश भएर पनि किनेर खानुपर्ने अवस्था लज्जाको विषय भएको भन्दै कृषिमा आत्मनिर्भर हुनुपर्ने बताउनुभयो । उहाँले जलवायु परिवर्तनको मारमा मनाङ जिल्ला परेको उल्लेख गर्दै बाढी, पहिरोका कारणले मनाङमा अपूरणीय क्षति भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४